ललितपुरमा खानेपनी अवरुद्ध भएपछि खानेपानी मन्त्री यादव दक्षिणकाली पुगे
जलसरोकार
काठमाडौं : गएको १२ असोजको बाढी पहिरोबाट ललितपुरको खानेपनी अवरुद्ध भएपछि खानेपानी मन्त्री प्रदीप यादव दक्षिणकाली पुगेका छन् । ललितपुरमा देखिएको खानेपानी समस्या समाधानमा सहयोग गरिदिन दक्षिणकालीका जनप्रतिनिधि र नागरिकलाई उनले आग्रह गरेका छन् ।
बाढी पहिरोपछि ललितपुर क्षेत्रमा दक्षिणकालीबाट गइरहेको खानेपानी अवरुद्ध भएको भन्दै उनले मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
कसैले प्यासले तड्पिनुपरेको छ भने हाम्रो कर्तव्य हो, हामीले सकेसम्म सहयोग गर्नु पर्छ’, उनले भने । मन्त्री यादव शनिबार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर बाढीले पुर्याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कामबारे जानकारी लिएका थिए ।
मन्त्री यादवले केही पूर्वकर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउँदै, समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
‘तपाईंहरूका समस्या के छन् म समाधानका लागि पूर्ण प्रयास गर्नेछु । तर ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु’, उनले भने ।
मन्त्री यादवसँगको छलफलपछि दक्षिणकालीका बासिन्दा ललितपुरमा खानेपानी पठाउन तयार भएका छन् । दक्षिणकालीबाट ललितपुरमा दैनिक १ करोड २० हजार लिटर पानी आपूर्ति हुँदै आएको थियो ।
बाढी पहिरोले दक्षिणकालीमा पु¥याएको क्षतिको विवरण सङ्कलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने मन्त्री यादवले आसवासन दिए ।
‘म मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु । क्षतिको मूल्याङ्कन चाँडो गरौँ, म समस्या समाधानको पहल गरिरहनेछु’, उनले दक्षिणकालीका बासिन्दासँग भने ।
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ