सांसदको आक्रोशः मन्त्रालयमा खानेपानी र बिजुली बन्द गरियोस्
जलसरोकार
काठमाडौं— तराईमा अत्यधिक गर्मी बढेर खानेपानीको हाहाकार हुँदा पनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै संसद्मा कुरा उठेको छ। आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गंगाप्रसाद यादवले तराईमा गर्मीका कारण त्यहाँको जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले तराईको गर्मी र खानेपानीको समस्याकाबीच विद्युत् आपूर्ति समेत बन्द हुँदा थप समस्या भएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिन उनको जोड थियो।
आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै खानेपानीको समस्या कस्तो हुन्छ भन्ने देखाउन मन्त्रालयहरुमा खानेपानी सप्लाइ र विद्युत आपूर्र्ति बन्द गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे। ‘यस्तै हो भने काठमाडौंका मन्त्रालयहरुमा पानी सप्लाइ बन्द गरियोस् र बिजुली बन्द गरियोस्,’ उनले भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी