सांसदको आक्रोशः मन्त्रालयमा खानेपानी र बिजुली बन्द गरियोस्
जलसरोकार
काठमाडौं— तराईमा अत्यधिक गर्मी बढेर खानेपानीको हाहाकार हुँदा पनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै संसद्मा कुरा उठेको छ। आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गंगाप्रसाद यादवले तराईमा गर्मीका कारण त्यहाँको जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले तराईको गर्मी र खानेपानीको समस्याकाबीच विद्युत् आपूर्ति समेत बन्द हुँदा थप समस्या भएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिन उनको जोड थियो।
आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै खानेपानीको समस्या कस्तो हुन्छ भन्ने देखाउन मन्त्रालयहरुमा खानेपानी सप्लाइ र विद्युत आपूर्र्ति बन्द गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे। ‘यस्तै हो भने काठमाडौंका मन्त्रालयहरुमा पानी सप्लाइ बन्द गरियोस् र बिजुली बन्द गरियोस्,’ उनले भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने