राष्ट्रियसभाबाट जलस्रोत विधेयक सर्वसम्मतिले पारित
जलसरोकार
काठमाडौं: राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।
पारित गर्नुअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरिएको थियो । छलफलमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न प्रावधानहरूमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले जलस्रोतको उचित उपयोग र व्यवस्थापन सुनिश्चित गर्न विधेयक ल्याइएको स्पष्ट पारे । उनले संविधानमै समावेशी सिद्धान्तको व्यवस्था भएकाले विधेयकमा विशेष समुदायको उल्लेख आवश्यक नरहेको धारणा सांसदहरूले व्यक्त गरेकाले त्यसअनुसार विधेयक तयार पारिएको बताउनुभयो। बाँधको सुरक्षासम्बन्धी विषयलाई पनि विधेयकमा थप स्पष्ट पारिएको जानकारी उनले दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी