राष्ट्रियसभाबाट जलस्रोत विधेयक सर्वसम्मतिले पारित
जलसरोकार
काठमाडौं: राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।
पारित गर्नुअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरिएको थियो । छलफलमा सांसदहरू विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न प्रावधानहरूमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले जलस्रोतको उचित उपयोग र व्यवस्थापन सुनिश्चित गर्न विधेयक ल्याइएको स्पष्ट पारे । उनले संविधानमै समावेशी सिद्धान्तको व्यवस्था भएकाले विधेयकमा विशेष समुदायको उल्लेख आवश्यक नरहेको धारणा सांसदहरूले व्यक्त गरेकाले त्यसअनुसार विधेयक तयार पारिएको बताउनुभयो। बाँधको सुरक्षासम्बन्धी विषयलाई पनि विधेयकमा थप स्पष्ट पारिएको जानकारी उनले दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै