सुख्खा पहिरोले थुनिएको तामाकोशीमा पानी बग्न थाल्यो
जलसरोकार
दोलखा – सुख्खा पहिरोले तामाकोशी नदी केही घण्टा थुनिएको थियो । यद्यपि अहिले आफैं पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार लामाबगरभन्दा केही माथि देउराली नजिकै सुख्खा पहिरो खसेको थियो ।
नासा हाइड्रोले बाटो खनेको स्थानबाट सुख्खा पहिरो खस्दा बिहान १०/११ बजेतिर नदी थुनिएको थियो । तर अहिले पानी बग्न थालेको छ । हिउँदमा नदीमा पानी धेरै नभएकाले ३र४ घण्टा थुनिएको पानीले जोखिम नरहेको प्रजिअ पोखरेलले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी