सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भिजन इनर्जीका अध्यक्ष टीएन आचार्यद्वारा विपद् राहत कोषमा ११ लाख सहयोग

जलसरोकार
शुक्रबार, भदौ १२, २०८३ | १६:४८:२९ बजे

काठमाडौं : देशका विभिन्न क्षेत्रमा बाढीपहिरोलगायतका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेका बेला भिजन इनर्जी एण्ड पावर लिमिटेडका अध्यक्ष टीएन आचार्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख सहयोग गरेका छन्।

विपद्‌बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आचार्यले उक्त रकम उपलब्ध गराएका हुन्।

जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सक्रिय आचार्यले विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेका हुन्।

प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला राज्यको राहत तथा उद्धार अभियानमा निजी क्षेत्रको सहभागिता आवश्यक देखिएको छ। यही सन्दर्भमा ऊर्जा क्षेत्रका व्यवसायी तथा कम्पनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने क्रम अघि बढाएका छन्।

आचार्यको रु. ११ लाखको सहयोग पनि विपद्को समयमा निजी क्षेत्रबाट भएको महत्वपूर्ण योगदानका रूपमा आएको छ। यस्ता सहयोगले तत्कालीन उद्धार तथा राहत कार्यमा सहयोग पुग्नुका साथै अन्य व्यवसायी तथा उद्योगीलाई समेत सामाजिक जिम्मेवारी निर्वाह गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

विपद्को समयमा व्यवसाय मात्र होइन, समाजप्रतिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश आचार्यको सहयोगले दिएको छ।

प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०८३ | १६:४८:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया