वीरगञ्ज नाकाहुँदै तीन महिनामा भित्रियो आठ अर्ब ७० करोड मूल्यका सवारी साधन
जलसरोकार
वीरगञ्ज : चालु आर्थिक वर्षका पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७० करोड मूल्यका विभिन्न प्रकारका सवारीसाधन नेपाल भित्रिएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार उक्त अवधिमा सवारीसाधन आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष सवारीसाधन आयात र राजस्व दुवैमा उल्लेख्य वृद्धि भएको छ ।
गत आवका पहिलो तीन महिनामा रु छ अर्ब १९ करोड मूल्यका सवारीसाधन आयात भएका थिए भने त्यसबाट रु पाँच अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो ।
यस आवमा मात्रै रु तीन अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । ती मोटरसाइकलबाट रु तीन अर्ब २८ करोड राजस्व सङ्कलन गरिएको छ । गत आवको सोही अवधिमा रु दुई अर्ब ४९ करोड मूल्यका १९ हजार ४८९ अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए ।
त्यस्तै, चालु आवका तीन महिनामा रु ६२ करोड २४ लाख मूल्यका तीन सय ३० जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनबाट रु एक अर्ब ७५ करोड राजस्व प्राप्त भएको छ । गत आवमा भने रु ७६ करोड ५८ लाख मूल्यका चार सय ३२ जीप, कार र भ्यान आयात भएका थिए, जसबाट रु एक अर्ब ९६ करोड राजस्व उठाइएको थियो ।
विद्युतीय सवारीसाधन आयातमा पनि वृद्धि भएको छ । चालु आवका तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्यका दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनबाट रु ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
गत आवको सोही अवधिमा भने रु १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए, जसबाट रु नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने