दुई महिनामा सात अर्बभन्दा बढीका सवारीसाधन आयात
जलसरोकार
वीरगञ्ज: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको उक्त अवधिमा रु पाँच अर्ब २५ करोडका सवारीसाधन र पार्टपुर्जा आयात भएका थिए । यसरी चालु आवमा अघिल्लो आवको तुलनामा करिब रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएको हो ।
भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको पहिलो दुई महिनामा सवारीसाधन आयात उत्साहजनक देखिएको छ । “गत आवको उक्त अवधिको तुलनामा यस वर्ष सवारीसाधन आयातमा मात्र नभई राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ,” उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार गत आवको दुई महिनामा सवारीसाधन आयातबाट रु ४ अर्ब ४७ करोड ७६ लाख राजस्व संकलन भएकोमा चालु आवको सोही अवधिमा बढेर रु ६ अर्ब १३ करोड ९२ लाख पुगेको छ।
सवारीसाधन आयात विवरण अनुसार चालु आवको दुई महिनामा रु ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा २९५ वटा जीप, कार र भ्यान आयात भई रु ५१ करोड ६२ लाख बराबरको कारोबार भएको थियो ।
त्यसैगरी, यस अवधिमा रु २ अर्ब ७९ करोड मूल्यका २० हजार ६२० थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । गत आवमा भने रु १ अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा मोटरसाइकल आयात भएका थिए ।
यसैगरी, रु ६६ करोड ४३ लाख मूल्यका ३१८ वटा बस र ट्रकका चेसिस चालु आवको दुई महिनामा आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली