दुई महिनामा सात अर्बभन्दा बढीका सवारीसाधन आयात
जलसरोकार
वीरगञ्ज: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको उक्त अवधिमा रु पाँच अर्ब २५ करोडका सवारीसाधन र पार्टपुर्जा आयात भएका थिए । यसरी चालु आवमा अघिल्लो आवको तुलनामा करिब रु एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएको हो ।
भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको पहिलो दुई महिनामा सवारीसाधन आयात उत्साहजनक देखिएको छ । “गत आवको उक्त अवधिको तुलनामा यस वर्ष सवारीसाधन आयातमा मात्र नभई राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ,” उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार गत आवको दुई महिनामा सवारीसाधन आयातबाट रु ४ अर्ब ४७ करोड ७६ लाख राजस्व संकलन भएकोमा चालु आवको सोही अवधिमा बढेर रु ६ अर्ब १३ करोड ९२ लाख पुगेको छ।
सवारीसाधन आयात विवरण अनुसार चालु आवको दुई महिनामा रु ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा २९५ वटा जीप, कार र भ्यान आयात भई रु ५१ करोड ६२ लाख बराबरको कारोबार भएको थियो ।
त्यसैगरी, यस अवधिमा रु २ अर्ब ७९ करोड मूल्यका २० हजार ६२० थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । गत आवमा भने रु १ अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा मोटरसाइकल आयात भएका थिए ।
यसैगरी, रु ६६ करोड ४३ लाख मूल्यका ३१८ वटा बस र ट्रकका चेसिस चालु आवको दुई महिनामा आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य