विद्युतीय दुर्घटनामा ज्यान गुमाउनेलाई १० लाख राहत उपलब्ध गर्ने प्राधिकरणको निर्णय
जलसरोकार
कमाठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनामा परी ज्यान गुमाउने कर्मचारी वा सर्वसाधारणलाई रु १० लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बसेको प्राधिकरणको ९९५औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि प्राधिकरणको नीतिमा कर्मचारीलाई बढीमा रु पाँच लाखसम्म राहत दिने र तिनका परिवारलाई तीनै तहमा रोजगारी दिने व्यवस्था थियो । सर्वसाधारणले पनि पाँच लाख रुपैयाँसम्म पाउने व्यवस्था गरिएको छ ।
तर, पछिल्लो बैठकले सबै पीडितका लागि यो रकम बढाएर १० लाख रुपैयाँ पु¥याएको छ ।
प्राधिकरणसञ्चालक समितिको बैठकले विद्युत् वितरण नियमावली, २०७८ मा भएको संशोधनलाई पनि स्वीकृत गरेको छ । विवादित विद्युत् महसुलमा पुनरावेदन गर्दा लाग्ने धरौटी २५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ ।
प्राधिकरणमा विद्युत् महशुलप्रति असन्तुष्ट उपभोक्ताको उच्च गुनासो आएको र संशोधित नियमले वित्तीय भार कम हुनुका साथै प्राधिकरणप्रति जनताको विश्वास पुनःस्थापित हुने अपेक्षा गरिएको छ ।
बोर्डले प्राधिकरणसँग सम्झौता गरे पनि गुणस्तरीय सेवा प्रवाह गर्न नसकेका सेवा प्रदायकसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका क्षेत्रमा अब प्राधिकरणले सोझै सेवा प्रवाह गर्नेछ । कार्यसम्पादन मूल्याङ्कन र आवश्यकताका आधारमा सक्षम सेवा प्रदायकसँगको सम्झौता थप गरिनेछ ।
बैठकले ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय प्रशासनिक पुनरावलोकन समिति गठन गर्ने निर्णय गरेको छ । अन्य सदस्यमा प्राधिकरणका उपप्रबन्ध निर्देशक, विद्युत् विकास विभागका ऊर्जा क्षेत्रका विज्ञ र प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने छन् ।
उक्त समितिलाई प्राधिकरणको निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने जिम्मेवारी दिइएको छ । बोर्डका सदस्य श्यामकिशोर यादवले प्राधिकरणलाई थप उत्तरदायी र जनमुखी बनाउने उद्देश्यले गरिएका यी महत्वपूर्ण सुधार भएको उल्लेख गर्दै प्राधिकरणले गरिरहेको सुधारमा उपभोक्ता नै केन्द्रबिन्दुमा रहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्