नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो
जलसरोकार
काठमाडौं: सरकारले निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्गमा सवारीसाधनका लागि तिर्ने उपभोग दस्तुर तोकेको छ ।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै दस्तुर दररेटको जानकारी दिए ।
निर्णयअनुसार, कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै मिनिबस तथा मिनिट्रकका लागि काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ । बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ ।
भारी उपकरण बोकेका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ दस्तुर लाग्नेछ ।
नागढुंगा सुरुङमार्ग आयोजनाले काठमाडौं उपत्यकामा प्रवेश गर्ने पश्चिमी मार्गमा जाम र यात्रा समय घटाउने अपेक्षा गरिएको छ । हाल सुरुङमार्गको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ र सरकारले आगामी सन् २०२६ देखि सञ्चालनमा ल्याउने आन्तरिक तयारी गरिरहेको छ ।
सरकारको भनाइमा, दस्तुर निर्धारणको उद्देश्य सुरुङको मर्मत–सम्भार, सञ्चालन लागत र लगानी फिर्ता सुनिश्चित गर्नु हो। सुरुङ सञ्चालनमा आएपछि काठमाडौं–धादिङतर्फको यात्रा समय उल्लेख्य रूपमा छोटिने र यातायात सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य