नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो
जलसरोकार
काठमाडौं: सरकारले निर्माणको अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्गमा सवारीसाधनका लागि तिर्ने उपभोग दस्तुर तोकेको छ ।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै दस्तुर दररेटको जानकारी दिए ।
निर्णयअनुसार, कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै मिनिबस तथा मिनिट्रकका लागि काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ । बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्नेछ ।
भारी उपकरण बोकेका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय रुपैयाँ र बाहिरिँदा २ सय ५० रुपैयाँ दस्तुर लाग्नेछ ।
नागढुंगा सुरुङमार्ग आयोजनाले काठमाडौं उपत्यकामा प्रवेश गर्ने पश्चिमी मार्गमा जाम र यात्रा समय घटाउने अपेक्षा गरिएको छ । हाल सुरुङमार्गको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ र सरकारले आगामी सन् २०२६ देखि सञ्चालनमा ल्याउने आन्तरिक तयारी गरिरहेको छ ।
सरकारको भनाइमा, दस्तुर निर्धारणको उद्देश्य सुरुङको मर्मत–सम्भार, सञ्चालन लागत र लगानी फिर्ता सुनिश्चित गर्नु हो। सुरुङ सञ्चालनमा आएपछि काठमाडौं–धादिङतर्फको यात्रा समय उल्लेख्य रूपमा छोटिने र यातायात सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ