नेपाल विद्युत् प्राधिकरणमा ‘ऊर्जाशील कर्मचारी संघ’ दर्ता
जलसरोकार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा नयाँ कर्मचारी संगठन ‘नेपाल विद्युत् प्राधिकरण ऊर्जाशील कर्मचारी संघ’ औपचारिक रूपमा दर्ता भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकु–काठमाडौँले दर्ता प्रमाणपत्र नं. ४०८३ जारी गर्दै संघलाई २०८२ कात्तिक २३ गते दर्ता प्रमाणपत्र प्रदान गरेको हो।
ट्रेड युनियन ऐन, २०४९ (संशोधनसहित) को दफा ३ को उपदफा (३) र ट्रेड युनियन नियमावली, २०७१ को नियम ८ र १४ बमोजिम दर्ता गरिएको यो संघले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूको हक–अधिकार र पेशागत हितको संरक्षणलाई प्राथमिक उद्देश्य बनाएको जनाएको छ।
संघले हालका लागि केन्द्रीय तदर्थ समिति २०८२ गठन गरेको छ। जसमा गजेन्द्र सिंह धापा र सरद धापा संस्थापक सल्लाहकार, इन्द्रप्रसाद न्यौपाने संयोजक र महेश्वर दत्त पन्त सहऔसंयोजक रहेका छन्। उक्त समितिमा विभिन्न विभाग, शाखा र प्रदेश कार्यालयबाट प्रतिनिधित्व हुने गरी ४७ जना सदस्यहरू समावेश छन्।
संघका पदाधिकारीहरूले ऊर्जाशील कर्मचारी संघ संस्थागत सुधार, सेवा–सुविधाको एकरूपता र कार्यक्षमता अभिवृद्धिमा योगदान पुर्याउने साझा मञ्च बन्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले प्राधिकरणभित्र विद्यमान विविध कर्मचारी संघ-संस्थाहरूसँग सहकार्य गर्दै सकारात्मक र पेशागत वातावरण निर्माणमा ध्यान केन्द्रित गर्ने बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणमा यसअघि पनि विभिन्न कर्मचारी संगठनहरू क्रियाशील रहेका छन्। नयाँ दर्ता भएको ‘ऊर्जाशील कर्मचारी संघ’ थप एक संगठनको रूपमा संस्थाभित्र प्रवेश गरेको हो।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला