शहरी विकास मन्त्री कुलमानद्वारा सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेन-जी प्रदर्शनका कारण सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले दुबै मन्त्रालयका सचिवसहित मंगलबार सिंहदरबारको मुख्य भवन र गृह मन्त्रालयको स्थलगत निरीक्षण गरी आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडका कारण पुगेको क्षतिको जानकारी लिएका हुन् । शहरी विकास मन्त्रालयले संरचनमा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको छ ।

मन्त्री घिसिङले ‘विनाशबाट हामी उठ्यौं’ भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्याङ्कन तत्काल गर्ने र ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।
‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री काम गर्दै गरौंला तर बाहिरी भाग चिटिक्क बनाएर राख्नु पर्यो, क्षति पुगेका सवारी साधन सिंहदरबार परिसरमा यत्रतत्र छरिएर कुरुप देखिएको छ, तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गर्नुपर्छ, यसबाट ‘हामी उठ्यौं’ भन्ने सन्देश जान्छ’, मन्त्री घिसिङले भने ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता