माथिल्लो तामाकोशीले जलाशय सफा गर्दै, नदी किनारमा सतर्कता अपनाउन आग्रह
जलसरोकार
दोलखा: माथिल्लो तामाकोशील जलविद्युत केन्द्रले आगामी शनिबार (साउन ३१ गते ) जलाशय सफा गर्ने भएको छ ।
४५६ मेगावाट क्षमताको उक्त जलविद्युत केन्द्र दोलखा जिल्ला, विगु गाउँपालिका–१ मा अवस्थित छ । जलाशय सफा गर्ने क्रममा तामाकोशी बाँधको तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीहरूमा नदीको पानीको सतह समय–समयमा बढ्ने–घट्ने चक्र हुने भएकाले सतर्क रहन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
केन्द्रका अनुसार, लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्मका क्षेत्रमा प्रभाव पर्न सक्नेछ ।
यस अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, पशु लैजाने, गिटी–बालुवा निकाल्ने तथा सवारीसाधन तार्ने जस्ता गतिविधि नगर्न÷नगराउन आग्रह गरिएको छ । साथै, धार्मिक वा परम्परागत दाहसंस्कार तथा अन्य संस्कारका कार्य गर्नुपर्ने अवस्थामा अत्यन्त सावधानी अपनाउन सूचित गरिएको छ।
माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले जनजीवन र सुरक्षालाई मध्यनजर गर्दै नदी किनार र आसपासका बासिन्दालाई यो समयमा विशेष सतर्कता अपनाउन पुनः अनुरोध गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता