भूमिगत विद्युतीकरण ८३ प्रतिशत सकियो
जलसरोकार
भरतपुर : भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम अहिले ८३ प्रतिशतसम्म सम्पन्न भएको छ । प्रमुख राजमार्गका केही स्थान बाहेक अधिकांश क्षेत्रमा काम सकिएको नेपाल विद्युत् प्राधिकरणका पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिए ।
उनका अनुसार हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्मका क्षेत्रमा अझै लाइन जडानको काम बाँकी छ । पाइप जडान, डिभाइस जडान, फाउन्डेसन निर्माण लगायतका मुख्य कामहरू सकिएको छ भने घरमा जोड्ने काम पनि जारी छ । यो कार्य फागुन मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ ।
पहिले केवल ३३ केभी लाइन भूमिगत गर्ने भनिएको थियो भने हाल योजना अनुसार ११ केभी र ४०० भोल्टको लाइन पनि भूमिगत गरिनेछ ।
यो परियोजनाको लागत रु एक अर्ब ४० करोड रहेको छ । सुरुआतमा रु एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको थियो भने थप कामका लागि रु १० करोड थप गरिएको छ । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको थियो । ठेक्का सम्झौता सन् २०२१ अक्टोबरमा भएको थियो र पहिलो चरणको समय सन् २०२४ जनवरी २० मा सकिने तय भए पनि पटक–पटक म्याद थप गर्दै काम अघि बढाइएको छ ।
यस परियोजनालाई एसियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणले अघि बढाइरहेको छ । भूमिगत विद्युतीकरण पूरा भएपछि शहरका मुख्य सडकहरूमा तार अव्यवस्थित देखिने समस्या कम हुने र सहरी सौन्दर्यमा वृद्धि हुने विश्वास गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार