सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भूमिगत विद्युतीकरण ८३ प्रतिशत सकियो

जलसरोकार
शुक्रबार, पुस १८, २०८२ | १४:१३:३२ बजे

 

भरतपुर : भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम अहिले ८३ प्रतिशतसम्म सम्पन्न भएको छ । प्रमुख राजमार्गका केही स्थान बाहेक अधिकांश क्षेत्रमा काम सकिएको नेपाल विद्युत् प्राधिकरणका पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिए ।

उनका अनुसार हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पससम्मका क्षेत्रमा अझै लाइन जडानको काम बाँकी छ । पाइप जडान, डिभाइस जडान, फाउन्डेसन निर्माण लगायतका मुख्य कामहरू सकिएको छ भने घरमा जोड्ने काम पनि जारी छ । यो कार्य फागुन मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ ।

पहिले केवल ३३ केभी लाइन भूमिगत गर्ने भनिएको थियो भने हाल योजना अनुसार ११ केभी र ४०० भोल्टको लाइन पनि भूमिगत गरिनेछ ।

यो परियोजनाको लागत रु एक अर्ब ४० करोड रहेको छ । सुरुआतमा रु एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको थियो भने थप कामका लागि रु १० करोड थप गरिएको छ । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको थियो । ठेक्का सम्झौता सन् २०२१ अक्टोबरमा भएको थियो र पहिलो चरणको समय सन् २०२४ जनवरी २० मा सकिने तय भए पनि पटक–पटक म्याद थप गर्दै काम अघि बढाइएको छ ।

यस परियोजनालाई एसियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणले अघि बढाइरहेको छ । भूमिगत विद्युतीकरण पूरा भएपछि शहरका मुख्य सडकहरूमा तार अव्यवस्थित देखिने समस्या कम हुने र सहरी सौन्दर्यमा वृद्धि हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, पुस १८, २०८२ | १४:१३:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया