विद्युत्मा लगाइएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियानमा उत्रियाे उज्यालो नेपाल पार्टी
जलसरोकार
काठमाडाैं : उज्यालो नेपाल पार्टीले सरकारले विद्युत्मा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन तथा सरकारले विद्युत् खपतमा लगाएको कर खारेज गर्न माग गर्दै पार्टीले अभियान थालेको हो।
काठमाडौंको माइतीघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् र विद्युतीय इन्डक्सनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा सरकारले उल्टै कर लगाएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरे ।
अध्यक्ष घिसिङले विद्युत् खपत बढाउने र विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउँदै विद्युत्मा कर लगाउँदा विद्युतीय ऊर्जाको प्रयोग निरुत्साहित हुने धारणा राखे ।
उनले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योगी तथा व्यवसायीबाट बक्यौता विद्युत् महसुल असुल गर्नुपर्नेमा समेत जोड दिए । बक्यौता रकम उठाउने र विद्युत्मा लगाइएको कर खारेज गर्ने विषयलाई अभियानका प्रमुख मागका रूपमा अघि सारिएको पार्टीले जनाएको छ।
पार्टीले विद्युत् उत्पादन बढिरहेको अवस्थामा स्वदेशमै उत्पादित विद्युत्काे अधिकतम खपत सुनिश्चित गर्नुपर्ने बताएको छ। विद्युत्काे प्रयोग बढाउन सके पेट्रोलियम पदार्थको आयात घटाउनुका साथै स्वदेशी ऊर्जा स्रोतको उपयोगमार्फत अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिने पार्टीको तर्क छ।
माइतीघरबाट सुरु गरिएको हस्ताक्षर अभियानमार्फत नागरिकको समर्थन जुटाएर विद्युत्मा लगाइएको कर खारेज गर्न सरकारलाई दबाब दिने उज्यालो नेपाल पार्टीले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य