प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उहाँले निर्देशन दिए ।
डिभिजन वन कार्यालय चितवन र तनहुँका प्रमुखलाई फोन गरी उनले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।
उदीपुर-मार्कीचोक ४० किलोमिटर प्रसारण लाइन खण्डमा ११६ वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ९० वटा टावरको जग जग हालिएको छ । मार्कीचोक-भरतपुर २८ किलोमिटर प्रसारण लाइन खण्डमा ८३ वटा टावर निर्माण गर्नुपर्ने छ । यसमध्ये ३८ वटा टावरको जग हालिएको छ । हाल ६ ठाउँमा काम भइरहेको छ । टावर पार्टस्, कन्डक्टर(तार)लगायतका सम्पूर्ण उपकरण तथा निर्माण सामाग्री आपूर्ति भइसकेको छ ।
उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्ने छ । त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । आयोजना प्रमुख नारायण रेग्मीले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृति सम्पूर्ण प्रक्रिया पूरा गरी केही ठाउँमा कटान सुरु भइसकेको बताए । टावर प्याडका लागि निजी जग्गा अधिग्रहण भइसकेको र मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अघि बढिसकेको प्रमुख रेग्मीले उल्लेख गरे ।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरुकोतर्फबाट निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहनविक्रम कार्कीले प्रसारण लाइन समयमा नबनेमा राज्यलाई नै ठूलो नोक्सानी हुने देखिएपछि मर्स्याङदी र त्रिशूली नदी करिडोरका जलविद्युत प्रवद्र्धकहरुको अग्रसरता एवम् सहमतिमा सब–कन्ट्रयाक लिएर निर्माण सुरु गरिएको बताए। कार्कीले प्रसारण लाइन सकिएपछि ति नदी करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाहरुको हाल कायम रहेको वैकल्पिक व्यवस्थालाई चालू आर्थिक वर्ष २०८१÷८२ भित्र अन्त्य गर्ने प्राधिकरणसँग सहमति भएको उल्लेख गरे ।
प्रसारण लाइन निर्माण कार्यसम्पादन अनुगमन एवम् सरोकारवालाहरुसँग समन्वय गर्न प्रवद्र्धकहरुकातर्फबाट ५ सदस्यीय अनुगमन समिति बनाइएको छ ।
मस्र्याङदी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनमध्ये उदीपुर र नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । लमजुङको खुदी सबस्टेसन निर्माणका अन्तिम चरणमा छ भने मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छ ।
मर्स्याङदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ ।
कालीगण्डकी मत्स्य ह्याचरीले उत्पादन गर्योआठ लाख माछाका भुरा
तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको मर्मत सम्भारका लागि प्राधिकरणको टेन्डर
आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात हुने, उपत्यकामा शनिबार हल्का वर्षाको सम्भावना
रानीजमरा कुलरिया सिँचाइ आयोजनाको काम सुस्त गतिमा
निजी क्षेत्रको संलग्नता बढाउने गरी विद्युत विधेयक संशोधन गर्न आवश्यक