राहुघाटमा दुई जलविद्युत् आयोजना सम्पन्न, व्यावसायिक उत्पादन सुरु
जलसरोकार
म्याग्दी : राहुघाट र सहायक नदीमा ५८ दशमलव ८ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना सम्पन्न भई व्यावसायिक उत्पादन सुरु भएका छन् ।
तुँदी पावर कम्पनीले निर्माण गरेको ३७.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जा लिमिटेडको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना यही भदौदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका हुन् ।
राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत अस्थायी रूपमा विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको हो । डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माण पूरा नभएकाले अस्थायी संरचना प्रयोग गरिएको आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले जानकारी दिए ।
ठूलोखोला आयोजनाको लागत करिब ३ अर्ब ६० करोड रहेको छ । यसमा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले लगानी गरेका छन् । आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर पेनस्टक पाइपमार्फत पानी विद्युत्गृहमा पु¥याएर उत्पादन गरिएको हो ।
यस्तै, चिमखोला–राहुघाट–मङ्गले आयोजना करिब १४ अर्ब लागतमा निर्माण भएको हो । पाँच किलोमिटर ३०० मिटर लामो सुरुङ र ९५० मिटर पेनस्टक पाइपमार्फत ल्याइएको पानी चिमखोलास्थित विद्युत्गृहमा खसालेर उत्पादन सुरु गरिएको हो ।
यसैबीच, ४८.५ मेगावाटको अपर राहुघाट आयोजना परीक्षण उत्पादनको तयारीमा रहेको छ भने नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो प्रवद्र्धकले ४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।
यी आयोजना सञ्चालनमा आएपछि रघुगङ्गा नदी र सहायक धाराबाट मात्रै करिब १७० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी