तल्लो हेवाखोला जलविद्युत् आयोजनामा दुई बैंकको ९८ करोड लगानी
जलसरोकार
पाँचथर: तल्लो हेवाखोला जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक ऋण लगानी जुटेको छ । पाँचखपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको ८.४ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि दुई वाणिज्य बैंकले संयुक्त रूपमा रु ९८ करोड १७ लाख बराबरको ऋण उपलब्ध गराउने भएका छन् ।
सिद्धार्थ बैंकले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत बैंक ऋण र बाँकी ३० प्रतिशत प्रवद्र्धक स्व–पूँजीबाट जुटाइनेछ । आयोजनाको कुल लागत करिब रु एक अर्ब ४० करोड २५ लाख बराबर रहनेछ ।
कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४०.८२ गिगावाट घण्टा बिजुली उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन भएको विद्युत् ३३ केभी क्षमताको ३.८ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ ।
पाँचथर जिल्लामा अवस्थित सो आयोजनाको निर्माण कार्य सुरु भइसकेको र निर्धारित समयमा सम्पन्न गर्ने तयारी भइरहेको प्रवद्र्धक कम्पनीले जनाएको छ । आयोजनाबाट स्थानीय स्तरमा रोजगारी र पूर्वाधार विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य