उने भने, ‘उज्यालो नेपालअन्तर्गत हरेक नेपालीको घरमा विद्युत् पुर्याउने अभियानमा थियौं, तर पूर्वपश्चिम राजमार्गबाट करिब ५÷६ किलोमिटर दूरीमा रहेको टाँगियाबस्तीमा बत्ती छैन भन्दा नरमाइलो लाग्यो, मेरो पहिलो कार्यकालको अन्त्यतिर विद्युतीकरणका लागि टेण्डर गरिएको थियो, यसैबीचमा मेरो कार्यकाल सकियो सरकारी निकाय अवरोध कारण उक्त टेण्डर रद्ध गरिएछ, त्यसपछि मेरो दोस्रो कार्यकालमा यस्तो प्रचण्ड गर्मी हुने ठाउँमा मानवीय हिसाबले पनि बत्ती दिनुपर्छ, शरणार्थीलाई त न्यूनतम सुविधा उपलब्ध गराइएन्छ भने आफ्नै देशका नागरिकलाई सुविधाबाट बञ्चित गराउनु हुँदैन भनेर प्रक्रिया अगाडि बढाइयो र विद्युतीकरण गर्न सफल भयौं ।’
टेण्डर लगाएपछि वन कार्यालयबाट विद्युतीकरणका लागि अवरोध भएको तर आवश्यक समन्वय गरी वत्ति बालिएको अनुभव घिसिङले सुनाए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुने गरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो ।
त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ बत्ती जडान गरिएको थियो ।
प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको थियो । रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभरड कन्डक्टर÷इन्सुलेटेड कन्डक्टर प्रयोग गरिएको थियो ।
नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने
सेयर बजार घट्दा पनि कारोबार रकम उल्लेख्य बढ्यो
उर्जामन्त्री खड्का र विश्व बैँकका क्षेत्रीय निर्देशकको भेटवार्ता
सुनको मूल्य निरन्तर उकालोतिर, आज कतिमा हुँदैछ खरिदबिक्री ?
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क
लोडसेडिङ हटे पनि अझै धेरै क्षेत्रमा अँध्यारो छ : कुलमान घिसिङ