प्राधिकरणमा ११ र १० तहका कर्मचारीको सरुवा (सूचीसहित)
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणमा उच्च तहका कर्मचारीहरुको व्यापक सरुवा गरिएको छ ।
प्राधिकरणले ११ तहका सातजना र १० तहका दुईजना कर्मचारीको सरुवा गरेको हो ।
ग्रीड सञ्चालन विभाग (प्रमुख) तथा प्रसारण निर्देशनालयको निमित्त उपकार्यकारी निर्देशक राजन ढकाललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको छ । त्यसैगरी ११ तहका उमेशकुमार भण्डारीलाई आन्तरिक लेखापरीक्षण विभागबाट संस्थागत वित्तीय विभागमा, समिरप्रसाद पोखरेललाई लेखा विभागबाट आन्तरिक लेखापरीक्षण विभागमा, गणेशप्रसाद लुइँटेललाई संस्थागत वित्तीय विभागबाट लेखा विभाग, कानुनका निर्देशक बलराम सिलवाललाई जनसाधन विभागमा सरुवा गरिएको छ ।

त्यसैगरी जनसाधन विभागका निर्देशक शिवकुमार अधिकारीलाई पदपूर्ति विभागमा, पदपूर्ति विभागका बेलप्रसाद शर्मालाई कानुन विभागमा सरुवा गरिएको छ ।
प्राधिकरण व्यवस्थापनले १० तहका तुलसीपसाद सापकोटलाई कर्मचारी प्रशासन महाशाखा, अतिरिक्त मानव संस्थान व्यवस्था आयोजना प्रमुखबाट सामान्य प्रशासन महाशाखामा लगिएको छ । सापकोटाको ठाउँमा सामान्य प्रशासन महाशाखाकी प्रमुख जमुनाकुमार खड्कालाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी चिलिमे जलविद्युत् कम्पनीका सीइओ १२ तहका स्ुभाषकुमार मिश्रलाई व्यवसाय विकास निर्देशनालय, १२ तहकै दुर्गानन्द बडियतलाई योजनामा पु¥याइएको छ । मिश्रको ठाउँमा कालीगण्डकी जलविद्युत् केन्द्रका प्रमुखलाई लगिएको छ ।
१२ तहका फणिन्द्र जोशीलाई इन्जिनियरिङको पनि जिम्मा दिइएको छ । त्यसैगरी यसअघि प्राधिकरणका प्रदेश प्रमुखहरुको पनि सरुवा गरिएको थियो ।
ऊर्जा मन्त्री खड्काले १० तहदेखि माथिका कर्मचारीको सरुवा प्राधिकरण सञ्चालक समितिले गर्ने विनियमावली संशोधन गरेपछि यी सबै सरुवा उनकै ‘इच्छा’ अनुसार भएको प्राधिकरण स्रोतले बतायो ।
खड्काअघिका कुनै पनि ऊर्जा मन्त्रीले प्राधिकरणका कर्मचारी सरुवामा चासो राख्दैनथे । प्राधिकरणका कार्यकारी निर्देशकलाई कर्मचारीको सरुवाको अख्तियारी सञ्चालक समितिले दिएको थियो । कार्यकारी निर्देशकको उक्त अधिकार खोसेर मन्त्री खड्काले सञ्चालक समितिमा ल्याएका हुन् । सञ्चालक समितिको अध्यक्ष ऊर्जा मन्त्री हुने गर्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै