विद्युत् प्राधिकरणमा उपकार्यकारी निर्देशक र निर्देशकहरुको सरुवा (पत्रसहित)
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले १२ र ११ तहका उपकार्यकारी निर्देशक र निर्देशकहरुको सरुवाा गरेको छ ।
१२ औं तहका प्रसारण निर्देशनालयका दीघायूकुमार श्रेष्ठलाई वितरण तथा ग्राहक सेवामा सरुवा गरिएको छ । गत पुस अन्तिम साता वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल सेवा निवृत्त भएपछि उक्त पद रिक्त थियो ।
त्यसैगरी प्रसारण निर्देशनालयअन्तर्गतको साविकको भार प्रेषण केन्द्र (हाल प्रणाली व्यवस्थापन विभाग) का निर्देशक चन्दन घोषलाई प्रणाली योजनामा र प्रणाली योजनाकी निर्देशक रञ्जु पाण्डेलाई घोषको ठाउँमा सरुवा गरिएको छ ।

यसैगरी बागमती प्रादेशिक कार्यालयका निर्देशक (प्राविधिक) नवराज ओझालाई व्यसाय विकास निर्देशनालय अन्तर्गत ऊर्जा दक्षमता तथा चुहावट नियन्त्रण विभागमा सरुवा गरिएको छ । ओझा वितरण तथा ग्राहक सेवाका निमित्त उपकार्यकारी निर्देशकसमेत थिए ।
ओझा रहेको ठाउँमा अर्का निर्देशक टेकनाथ तिवारीलाई लगिएको छ । तिवारीयसअघि ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा थिए ।
गत चैत ११ गते सरकारले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनले सर्वप्रथम प्राधिकरणका प्रवक्ता फेरेका थिए । प्राधिकरणको साविकका प्रवक्ता घोषलाई हटाएर कार्यकारी निर्देशकको सचिवालयका निर्देशक राजाभाई शिल्पकारलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी कार्यकारी निर्देशकको सचिवालयकी अधिकृत यशोधा तामाङलाई पनि सरुवा गरिएको छ ।
यसअघि ऊर्जा मन्त्री दीपक खड्काले १० तहदेखि माथिका कर्मचारीको सरुवा प्राधिकरण सञ्चालक समितिबाट गराउने गरी विनियमावली संशोधन गराएका छन् । यो व्यवस्थासँगै व्यवस्थापनका उच्चतहका कर्मचारी कार्यकारी निर्देशकप्रति जिम्मेवार नभई ऊर्जा मन्त्री र सञ्चालक समितिका सदस्यप्रति वफादार हुने परिपाटी सुरु गरिएको छ ।

प्राधिकरणका कर्मचारीको सरुवामा विशेष चासो र रुचि राख्दै आएका ऊर्जा मन्त्री खड्काले यसअघि कर्मचारी सरुवाका लागि अघिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङलाई दबाब दिंदै आएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित