तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित क्षेत्रका किसानलाई तालिम र कृषि सामग्री वितरण
जलसरोकार
तनहुँ : तनहुँ जलविद्युत् आयोजना ले प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री वितरण गरेको छ।
आयोजनाले ऋषिङ गाउँपालिका–८ पल्ट्याङका मस्टो लाफा भेजा महिला समूहका सदस्यलाई लक्षित गर्दै मगर समुदायका २० जना किसानलाई बेमौसमी तरकारी खेती तथा वित्तीय साक्षरता तालिम प्रदान गरेको हो।
आयोजना प्रमुख श्यामजी भण्डारी का अनुसार तालिममा सहभागी किसानलाई हाते ट्याक्टर, बीउबिजन, हजारी र टनेल खेतीका लागि आवश्यक उपकरण प्रदान गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई यसअघि पनि प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइ–बुनाइ, बाख्रापालन, तरकारी खेती तथा वित्तीय साक्षरतासम्बन्धी तालिम दिइएको थियो। हालसम्म यस्ता तालिम ३३९ जना पुरुष र २७९ जना महिलाले लिइसकेका छन्।
प्रशिक्षण कार्यक्रमको मुख्य उद्देश्य प्रभावित समुदायको जीविकोपार्जन सुधार र दीर्घकालीन आत्मनिर्भरता प्रवर्द्धन गर्नु रहेको आयोजनाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य