सेयर बजार उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार


काठमाडौं: धितोपत्र बजारमा आज पनि सकारात्मक संकेत देखिएको छ । शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक १८ दशमलव ३० अंकले बढेर दुई हजार ८५० दशमलव ३७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको प्रदर्शन मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ६१ अंकले उकालो लाग्दै चार सय ९० दशमलव १६ विन्दुमा पुगेको छ ।
आज कुल दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता शेयर कारोबार भएको छ, जसको कूल मूल्य रु आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रहेको छ ।
सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायबल समृद्धि योजना तथा खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरूले प्रतिफल हात पार्दा उन्नती सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर र नबिल डिबेञ्चरमा लगानी गर्नेहरूले घाटा बेहोरेका छन् ।
कारोबार भएका ३१८ कम्पनीमध्ये १८७ कम्पनीका शेयर मूल्य बढेका छन् भने ६२ कम्पनीको घटेका छन्। बाँकी कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
कारोबारको परिमाणका हिसाबले लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी अग्रस्थानमा देखिएका छन् ।
आजको कारोबारी सत्रपछि कूल बजार पूँजीकरण रु ४७ खर्ब ५७ अर्ब ७६ करोडमा पुगेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई
-
भोटेकोशी पावर कम्पनीले जेन जी समूहलाई १० प्रतिशत शेयर बेच्ने
-
वर्षातपछि मेलम्चीको पानी काठमाडौँ ल्याइयो, दैनिक १७ करोड लिटर आपूर्ति सुरु