सेयर बजार उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार
जलसरोकार
काठमाडौं: धितोपत्र बजारमा आज पनि सकारात्मक संकेत देखिएको छ । शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक १८ दशमलव ३० अंकले बढेर दुई हजार ८५० दशमलव ३७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको प्रदर्शन मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ६१ अंकले उकालो लाग्दै चार सय ९० दशमलव १६ विन्दुमा पुगेको छ ।
आज कुल दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता शेयर कारोबार भएको छ, जसको कूल मूल्य रु आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रहेको छ ।
सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायबल समृद्धि योजना तथा खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरूले प्रतिफल हात पार्दा उन्नती सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर र नबिल डिबेञ्चरमा लगानी गर्नेहरूले घाटा बेहोरेका छन् ।
कारोबार भएका ३१८ कम्पनीमध्ये १८७ कम्पनीका शेयर मूल्य बढेका छन् भने ६२ कम्पनीको घटेका छन्। बाँकी कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
कारोबारको परिमाणका हिसाबले लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी अग्रस्थानमा देखिएका छन् ।
आजको कारोबारी सत्रपछि कूल बजार पूँजीकरण रु ४७ खर्ब ५७ अर्ब ७६ करोडमा पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार