सेयर बजार घट्दा कारोबार रकम ६ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार कारोबार परिसूचक ओरालो लाग्दै २७३९.९५ बिन्दुमा झरेको छ । बजार परिसूचक १८.०२ अंकले घट्दा लगानीकर्तामा अलिकति दबाब देखिएको हो ।
आज ३२३ कम्पनीका एक करोड ४० लाखभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएका छन् । ५८ हजारभन्दा बढी पटकको कारोबारमार्फत ६ अर्ब ५४ करोडभन्दा बढीको सेयर कारोबार भएको एक्सचेञ्जले जनाएको छ ।
समूहगत सूचक हेर्दा उत्पादन तथा प्रशोधनबाहेक सबै समूहमा गिरावट आएको छ । विशेष गरी विकास बैंक १.६९ प्रतिशतले, जलविद्युत् १.१९ प्रतिशतले र बैंकिङ ०.८८ प्रतिशतले घट्दा बजारलाई तानेको देखिन्छ। अन्य बीमा, लगानी, वित्त तथा होटल पर्यटन समूह पनि हरियोमा फर्किन सकेनन् ।
कम्पनीगत रूपमा विकास हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले राम्रो फाइदा लिन पाए भने नारायणी डेभलपमेन्ट बैंकको सेयर भने ७.२९ प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य घट्ने कम्पनी बन्यो । कारोबार रकम र सेयर संख्याका आधारमा भने हिमालयन डिस्टिलरी लिमिटेड अग्रस्थानमा रह्यो ।
विश्लेषकहरूका अनुसार, लगानीकर्ताको मनोबल अझै पनि सावधानीपूर्ण देखिन्छ र बजारमा निरन्तर दबाबका कारण परिसूचकमा उतारचढाव भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार