निषेधाज्ञापछि आज नेप्सेमा कारोबार स्थगित
जलसरोकार
काठमाडौँ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको सम्पूर्ण कारोबार स्थगित गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार सार्वजनिक सूचना जारी गर्दै धितोपत्र कारोबार स्थगन गरिएको जानकारी दिएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध प्राप्त भएको नेप्सेले जनाएको छ ।
नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, “चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ ।”
यससँगै आजको लागि निर्धारित सम्पूर्ण शेयर कारोबार बन्द भएको छ भने बजार पुनः कहिले सञ्चालन हुने भन्नेबारे भने नेप्सेले थप जानकारी दिएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य