निषेधाज्ञापछि आज नेप्सेमा कारोबार स्थगित
जलसरोकार
काठमाडौँ : काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको सम्पूर्ण कारोबार स्थगित गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार सार्वजनिक सूचना जारी गर्दै धितोपत्र कारोबार स्थगन गरिएको जानकारी दिएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध प्राप्त भएको नेप्सेले जनाएको छ ।
नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, “चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ ।”
यससँगै आजको लागि निर्धारित सम्पूर्ण शेयर कारोबार बन्द भएको छ भने बजार पुनः कहिले सञ्चालन हुने भन्नेबारे भने नेप्सेले थप जानकारी दिएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा