पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ९५ अर्ब
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले करिब रू ४ खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले असोज मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्कअनुसार, यस अवधिमा नेपालले रू ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाखको आयात गर्दा रू ७२ अर्ब ७८ करोड २८ लाखको निर्यात मात्र गर्न सक्यो । यसरी कुल रू ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा रू ३ खर्ब ९५ अर्ब ३० करोड घाटा देखिएको छ ।
छिमेकी मुलुक भारतसँगको व्यापारमा पनि ठूलो घाटा देखिएको छ। असोज मसान्तसम्म भारतबाट रू २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात भएको छ भने निर्यात रू ५९ अर्ब १२ करोड ८३ लाखमा सीमित रहेकाले रू १ खर्ब ९९ अर्ब ७४ करोड घाटा भएको छ।
चीनसँगको व्यापारमा पनि घाटा देखिएको छ। चीनबाट रू १ खर्ब ४८ करोड ९ लाखको आयात हुँदा निर्यात मात्र रू १८ करोड ६४ लाख रहेको छ।
तर केही मुलुकसँग नेपालले व्यापार नाफा पनि गरेको छ। डेनमार्कसँगको व्यापारमा रू ४ करोड १ लाखको आयात हुँदा रू २८ करोड ९९ लाखको निर्यात भएको छ। यसरी डेनमार्कसँग रू २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा देखिएको छ। जर्मनी, रोमानिया, स्वीडेन, र लेबनानलगायत मुलुकसँग पनि व्यापार नाफा कायम छ।
सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ। असोज मसान्तसम्ममा रू १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, रू २० अर्ब ६९ करोड ४५ लाखको डिजेल र रू १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ। त्यस्तै, स्मार्टफोन आयातमा रू १३ अर्ब ६२ करोड ७५ लाख खर्च भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो