पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ९५ अर्ब
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले करिब रू ४ खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले असोज मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्कअनुसार, यस अवधिमा नेपालले रू ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाखको आयात गर्दा रू ७२ अर्ब ७८ करोड २८ लाखको निर्यात मात्र गर्न सक्यो । यसरी कुल रू ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा रू ३ खर्ब ९५ अर्ब ३० करोड घाटा देखिएको छ ।
छिमेकी मुलुक भारतसँगको व्यापारमा पनि ठूलो घाटा देखिएको छ। असोज मसान्तसम्म भारतबाट रू २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात भएको छ भने निर्यात रू ५९ अर्ब १२ करोड ८३ लाखमा सीमित रहेकाले रू १ खर्ब ९९ अर्ब ७४ करोड घाटा भएको छ।
चीनसँगको व्यापारमा पनि घाटा देखिएको छ। चीनबाट रू १ खर्ब ४८ करोड ९ लाखको आयात हुँदा निर्यात मात्र रू १८ करोड ६४ लाख रहेको छ।
तर केही मुलुकसँग नेपालले व्यापार नाफा पनि गरेको छ। डेनमार्कसँगको व्यापारमा रू ४ करोड १ लाखको आयात हुँदा रू २८ करोड ९९ लाखको निर्यात भएको छ। यसरी डेनमार्कसँग रू २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा देखिएको छ। जर्मनी, रोमानिया, स्वीडेन, र लेबनानलगायत मुलुकसँग पनि व्यापार नाफा कायम छ।
सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ। असोज मसान्तसम्ममा रू १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, रू २० अर्ब ६९ करोड ४५ लाखको डिजेल र रू १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ। त्यस्तै, स्मार्टफोन आयातमा रू १३ अर्ब ६२ करोड ७५ लाख खर्च भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा