आव २०८१/८२ मा सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब
जलसरोकार
काठमाडौं: आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल रु १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड खर्च गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कुल खर्च रु १४ खर्ब ८ अर्ब ७६ करोड रहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा प्रस्तुत विवरणअनुसार चालुतर्फ ८५.९५ प्रतिशत (रु ९ खर्ब ८० अर्ब ३८ करोड), पुँजीगततर्फ ६३.२ प्रतिशत (रु २ खर्ब २२ अर्ब ६८ करोड) र वित्तीय व्यवस्थातर्फ ८७.८७ प्रतिशत (रु ३ खर्ब २० अर्ब ४ करोड) खर्च भएको हो ।
अघिल्लो वर्षको तुलनामा चालुतर्फको खर्च २.९४ प्रतिशत, पुँजीगत खर्च १६.१५ प्रतिशतले बढेको छ। वार्षिक लक्ष्यअनुसार कुल खर्चको ८१.८७ प्रतिशत पूरा भएको छ ।
राजस्व संकलनतर्फ, आव २०८१/८२ मा कर राजस्व लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत संकलन भई कुल राजस्व संकलन ८३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको रु १० खर्ब ३० अर्ब ३४ करोडको तुलनामा यस वर्ष रु ११ खर्ब ७८ अर्ब ८२ करोड राजस्व संकलन भएको छ, जुन १४.४१ प्रतिशत वृद्धि हो। कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले बढेको छ ।
विदेश व्यापारमा आव २०८१/८२ मा रु १८ खर्ब ४ अर्ब १२ करोडको आयात र रु २ खर्ब ७७ अर्ब ३ करोडको निर्यात भएको छ। यस अवधिमा व्यापार घाटा रु १५ खर्ब २७ अर्ब ९ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो