आज विश्व हिमनदी दिवस
जलसरोकार
काठमाडौँ, : आज विश्वभर विश्व हिमनदी दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ को आह्वानमा गत वर्षदेखि सुरु गरिएको यो दिवस हरेक वर्ष मार्च २० मा हिमनदीको महत्व र संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यले मनाइँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार हिमनदीहरू पृथ्वीको पारिस्थितिक प्रणालीका अत्यन्त महत्वपूर्ण अंग हुन्। यी हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलन कायम राख्न र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। विश्वका करोडौँ मानिसको दैनिक जीवनयापन प्रत्यक्ष रूपमा हिमनदीमा निर्भर रहेको तथ्यले यसको महत्व झनै स्पष्ट पार्छ।
तर पछिल्ला वर्षहरूमा बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। यसले भविष्यमा पानीको अभाव, समुद्री सतहमा वृद्धि तथा बाढी, पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाउँदै लगेको छ। विशेषगरी हिमाली क्षेत्र भएका देशहरूका लागि यो समस्या अझ गम्भीर बन्दै गएको छ।
संयुक्त राष्ट्रसङ्घ ले विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने खतरा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस र प्रभावकारी कदम चाल्न अपरिहार्य रहेको जनाएको छ।
विश्व हिमनदी दिवसले जलवायु परिवर्तनको असरलाई प्रत्यक्ष रूपमा देखाउने संवेदनशील सूचकका रूपमा हिमनदीको अवस्थालाई उजागर गरेको छ। नेपालजस्ता हिमाली देशका लागि हिमनदी केवल प्राकृतिक सम्पदा मात्र नभई पानी, ऊर्जा र कृषि प्रणालीको आधार पनि हुन्।
यदि तापक्रम वृद्धि यही गतिमा जारी रह्यो भने दीर्घकालीन रूपमा जलस्रोतमा असन्तुलन, जलविद्युत उत्पादनमा असर तथा प्राकृतिक विपद्को जोखिम अझ बढ्ने निश्चित देखिन्छ। त्यसैले वातावरण संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यमार्फत जलवायु संकट न्यूनीकरणतर्फ तत्काल कदम चाल्नु समयको माग बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तीन लाख मुनि झर्यो सुनको मूल्य
-
विद्युत् विस्तारसँगै ग्रामीण क्षेत्रमा प्रविधिमैत्री शिक्षणको विस्तार
-
बुद्धभूमि नेपाल हाइड्रोपावरले चैत २२ देखि हकप्रद शेयर निष्काशन गर्दै
-
आज विश्व हिमनदी दिवस
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
-
बैंकिङ्गको उछालले नेप्सेमा हरियाली, ६४ अंकको उच्च वृद्धि र २१ अर्बभन्दा बढी कारोबार