राप्ती हाइड्रोको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन
जलसरोकार
काठमाडौं: राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले हकप्रद निष्कासनका लागि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेसँगै आज जेठ १९ गतेसम्म शेयर राख्ने शेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हालको चुक्ता पुँजीको १००% बराबर १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । यसले रु ६१२,७९३,८०० बराबरको ६,१२७,९३८ कित्ता हकप्रद जारी गर्नेछ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बैशाख ८ गते हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको थियो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य