सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जलसरोकार
बिहीबार, असोज २२, २०८३ | ०९:४८:४१ बजे

 

काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् असोज २३ गते एक दिन बुकक्लोज गर्ने भएकाले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

कम्पनीले आगामी कात्तिक १७ गते ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेट प्रालिमा पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।

साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १० दशमलव ५२ प्रतिशतका दरले हुने रु १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

कम्पनीको १२ दशमलव ५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने प्रस्ताव पनि सभामा पेस हुँदैछ ।

यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन तथा लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि साधारणसभाको कार्यसूचीमा रहेका छन् ।

बुकक्लोजको अघिल्लो दिनसम्म शेयरधनी कायम हुने लगानीकर्ताले कम्पनीको प्रस्तावित नगद लाभांश प्राप्त गर्नुका साथै पाँचौँ वार्षिक साधारणसभामा सहभागी हुने अधिकार पाउनेछन् ।

प्रकाशित मिति : बिहीबार, असोज २२, २०८३ | ०९:४८:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया