जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

यसरी बन्यो भक्तबहादुर पुनको चर्चित उपसमिति

जलसरोकार
बुधबार, साउन २३, २०८१ | १५:४२:४६ बजे

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको मिति २०७२ असार १२ को ७१० औं बैठकको निर्णयानुसार उपसमितिबाट सिफारिस भएबमोजिम डेडिकेटेड महसुल दर अनुमोदनको लागि विद्युत् महसुल निर्धारण आयोगमा मिति २०७२ पुस २० मा अनुरोध गर्याे । 
विद्युत् महसुल निर्धारण आयोगको मिति २०७२ पुस २९ को १०३ औं बैठक र २०७२ माघ १० को १०४ औं बैठकबाट प्राधिकरण सञ्चालक समितिको मिति २०७२ असार १२ को ७१२ औं बैठकबाट भएको निर्णय अनुसार स्वीकृत भएको विद्युत् महसुल दर कार्यान्वयन गर्न मिति २०७२ माघ १४ मा स्वीकृत प्राप्त भएको थियो ।
विद्युत् महसुल संकलन नियमावली, २०७३
– २०७३ असार १६ को विद्युत् महसुल निर्धारण आयोगको १०८ औं बैठकबाट २०६९ देखि लागू भएको विद्यमान महसुल दरमा फेरबदल गरी २०७३ साउनदेखिको खपतमा लागू हुने गरी विद्युत् महसुल दर तथा अन्य सेवा शुल्क दर कायम गर्ने निर्णय ।
– आयोगबाट निर्धारित दररेट अनुसार विद्युत् महसुल संकलन विनियमावली, २०७३ नेपाल विद्युत् प्राधिकरणबाट जारी गरिएको ।
– २० घण्टा वा सोभन्दा बढी समय छुट्टै ट्रंक लाइनबाट निरन्तर विद्युत् आपूर्ति लिने ग्राहकको महसुल डेडिकेटेड ग्राहकको सरह दर काम गर्ने विद्युत् महसुल निर्धारण आयोगको निर्णय कार्यान्वयन गरिएको ।
– विद्युत् महसुल संकलन विनियमावली २०७३ को विनियम ५ को उपविनियम २ मा डेडिकेटेड/ट्रंक लाइनको विद्युत् महसुल, अन्य दस्तुर तथा सेवा शुल्कसम्बन्धी व्यवस्था उल्लेख भएको ।
– विद्युत् महसुल संकलन विनियमावली, २०७२ को अनुसूची १ (क) मा डेडिकेटेड/ट्रंक लाइन सम्बन्धी महसुल दर उल्लेख गरिएको । 
भक्तबहादुर पुनको उपसमिति गठन (नेविप्रा सञ्चालक समितिको २०७५/१/३१ को ७६८ औं बैठकको निर्णय) ः
डेडिकेटेड फिडर लाइनमार्फत आपूर्ति लिएका ग्राहकहरुका लागि २०७२ साउनको खपतदेखि लागू भएको महसुल दर र विद्युत् महसुल संकलन विनियमावली २०७३ मा उल्लिखित महसुल दरको आधारमा २०७२/४/१ को खपतदेखि डेडिकेटेड फिडर लाइन तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति भएका ग्राहकलाई लागू गरिएको महसुल दरको कार्यान्वयनको यथार्थ अवस्था, सम्बन्धित ग्राहकहरुबाट प्राप्त गुनासो र असुल हुनुपर्ने महसुल सम्बन्धमा अध्ययन विश्लेषण गरी राय सिफारिस सहितको प्रतिवेदन पेश गर्न प्राधिकरण सञ्चालक समितिको सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन ।  
डेडिकेटेड फिडर तथा ट्रंक लाइन महसुल सम्बन्धमा उपसमितिको राय सिफारिस
मिति २०७५/४/२५ मा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा प्रतिवेदन पेश ।
राय तथा सिफारिस:
– प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका सबै ग्राहकहरुले विद्युत् शक्ति खपत गरे बापत सञ्चालक समितिको मिति २०७२/३/१२ को निर्णयअनुसाारको विद्युत् महसुल निर्धारण आयोगबाट अनुमोदन भई लागू भएको  तथा विद्य्रुत् महसुल संकलन नियमावली २०७३ को अनुसूची १ (क) मा उल्लेख भएबमोजिम सम्पूर्ण रकम असुल उपर गर्ने ।
– लोडसेडिङ अन्त्य भएपछिको अवस्थामा औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक ग्राहकहरुको लागि तयार गरिएको अनुसूची १ बमोजिमको महसुल लिन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा निर्णयका लागि पेश गर्ने ।
– प्राधिकरण सञ्चालक समितिका सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदन मिति २०७५/४/३१ को ७७५ औं बैठक तथा मिति २०७५/१२/१४ को बैठकमा पेश हुँदा थप अध्ययन गरी पेश गर्ने निर्णय भएको । 
 

 

प्रकाशित मिति : बुधबार, साउन २३, २०८१ | १५:४२:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया