काठमाडौंका यी ठाउँमा आज दिनभर बत्ती जाने
जलसरोकार
काठमाडौं - काठमाडौंका विभिन्न स्थानहरूमा आज शनिबार विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास आज ६ घन्टा विद्युत अवरूद्ध हुने जनाएको छ।
प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रहरूमा विद्युत् अवरूद्ध हुनेछ। प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भनेको हो।
मौसम प्रतिकूल रहेको अवस्थामा भने विद्युत आपूर्ति बन्द नहुने पनि प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरूद्ध हुने पूर्वजानकारी समेत दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य