कुलेखानी तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या
जलसरोकार
मकवानपुर: कुलेखानी जलविद्युत् आयोजना विद्युत् अधिक माग हुने समयमा पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । आयोजनाका तीन वटा केन्द्रमध्ये भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आएपछि एक साताभन्दा लामोसमयदेखि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकिएको हो ।
कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको दुई वटा युनिटमध्ये एउटा युनिटको जेनेरेटरको प्लेटमा खराबी आएपछि गत मङ्गलबारदेखि मर्मत भइरहेको केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए । उनले आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने काम भएको भन्दै टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम भइरहेको बताए । “चिनियाँ प्राविधिकबाट काम भइरहेको छ, एलाइनमेन्ट नमिलाउँदा समस्या आउँछ,” केन्द्र प्रमुख ताम्राकारले भने,“मर्मत गरेर सञ्चालनमा ल्याउन अझै दुई÷तीन दिन लाग्छ ।”
कुलेखानीको तीनवटै केन्द्र गरी १०६ मेगावाटको रहेको छ । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रो केन्द्र १४ मेगावाट क्षमतामारहेको छ । हाल तेस्रो मर्मतका व्रmममा रहेकाले पहिलो पूर्णक्षमतामा सञ्चालन गर्दा पानी खेर जाने भएको पूर्ण क्षमतामा सञ्चालनमा नरहेको उनको भनाइ छ । “कुलेखानी आयोजनाबाट मागका आधारमा र विद्युत् आपूर्तिलाई सन्तुलित बनाउन उत्पादन गर्ने हो,” उनले भने,“कुलेखानी प्रथमबाट करिब ४० मेगावाट उत्पादन भइरहेको छ, दोस्रो पूर्ण क्षमतामा र तेस्रोको क्षमताको आधा मात्र उत्पादन भइरहेको छ ।
कुलेखानी आयोजनाबाट विद्युत् अधिक माग भएको समयमा विद्युत् उत्पादन हुँदै आएको छ । कुलेखानी तेस्रोमा सात÷सात मेगावाट क्षमताका दुई वटा युनिट रहेका छन् ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?