कुलेखानी तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या
जलसरोकार
मकवानपुर: कुलेखानी जलविद्युत् आयोजना विद्युत् अधिक माग हुने समयमा पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । आयोजनाका तीन वटा केन्द्रमध्ये भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आएपछि एक साताभन्दा लामोसमयदेखि पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसकिएको हो ।
कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको दुई वटा युनिटमध्ये एउटा युनिटको जेनेरेटरको प्लेटमा खराबी आएपछि गत मङ्गलबारदेखि मर्मत भइरहेको केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए । उनले आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने काम भएको भन्दै टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम भइरहेको बताए । “चिनियाँ प्राविधिकबाट काम भइरहेको छ, एलाइनमेन्ट नमिलाउँदा समस्या आउँछ,” केन्द्र प्रमुख ताम्राकारले भने,“मर्मत गरेर सञ्चालनमा ल्याउन अझै दुई÷तीन दिन लाग्छ ।”
कुलेखानीको तीनवटै केन्द्र गरी १०६ मेगावाटको रहेको छ । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रो केन्द्र १४ मेगावाट क्षमतामारहेको छ । हाल तेस्रो मर्मतका व्रmममा रहेकाले पहिलो पूर्णक्षमतामा सञ्चालन गर्दा पानी खेर जाने भएको पूर्ण क्षमतामा सञ्चालनमा नरहेको उनको भनाइ छ । “कुलेखानी आयोजनाबाट मागका आधारमा र विद्युत् आपूर्तिलाई सन्तुलित बनाउन उत्पादन गर्ने हो,” उनले भने,“कुलेखानी प्रथमबाट करिब ४० मेगावाट उत्पादन भइरहेको छ, दोस्रो पूर्ण क्षमतामा र तेस्रोको क्षमताको आधा मात्र उत्पादन भइरहेको छ ।
कुलेखानी आयोजनाबाट विद्युत् अधिक माग भएको समयमा विद्युत् उत्पादन हुँदै आएको छ । कुलेखानी तेस्रोमा सात÷सात मेगावाट क्षमताका दुई वटा युनिट रहेका छन् ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित