सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
जलसरोकार
रामेछाप: सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाका लागि १३ दशमलव दुई किलोमिटर सुरुङको काम सम्पन्न भइसकेको छ भने हेडबक्सको काम २० प्रतिशत मात्र भएपछि त्यसलाई बढाएर छिटो सम्पन्न गर्ने गरी निर्माण व्यवसायी लागेका हुन् ।
गत असोजमा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधिन हेडबक्सको काममा धेरै क्षति पुर्याएपछि त्यसभन्दा यता सुस्त गतिमा काम अगाडि बढिरहेको थियो ।
पट्टेल रमण ज्वाइन्ट भेन्चरद्वारा निर्माणाधिन उक्त आयोजनाको हेडबक्स निर्माणका लागि काम भइरहेको भए पनि बिलअनुसारको भुक्तानी नभएको, निर्माणाधीन काममा बाढी पसेर निक्कै नोक्सानी पुर्याएकाले म्यादभित्र कार्य सम्पन्न गर्न नसकिने निर्माण व्यवसायी रमण पट्टेलले बताएका थिए । तर, अब सबै माग पूरा हुने मन्त्रीको आश्वासनपछि कामलाई तीव्रता दिएको पनि उनले बताए ।
यो आयोजना सम्पन्न भएपछि तराइका आठभन्दा बढी जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ हुने, ३२ मेघावाट विद्युत् उत्पादन हुने र कूल पानीको १० प्रतिशत पानी खानेपानीका रुपमा प्रयोग हुने बताइएको छ ।
कूल रु १४ अर्बको यो आयोजनामा रु एक अर्ब २० करोड खर्च भइसकेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले बताए । अहिले रामेछापको मन्थली नगरपालिका स्थित वडा नं ६ सेलेघाटमा ड्याम (हेडबक्स)को निर्माण काम भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना
-
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
-
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए
-
दोहोरो अङ्कले बढ्यो सेयर बजार
-
अँध्यारोबाट उज्यालोतर्फको यात्रा
-
विद्युत् प्राधिकरणमा मनाेज सिलवालको ७८ दिन : निर्णयहीनताबाट परिणामतर्फ