अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
जलसरोकार
काठमाडौं: अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले (फेड) लगातार आर्थिक सुस्तता र बजार स्थिरता कायम गर्न ब्याजदर घटाउने निर्णय गरेको छ । फेडले कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउँदै ३.७५ देखि ४ प्रतिशतको दायरामा झारेको हो।
यो कटौतीसँगै अमेरिकाको नीति दर करिब तीन वर्षयताकै न्यून स्तरमा पुगेको अन्तर्राष्ट्रिय आर्थिक सञ्जाल सीएनबीसीले जनाएको छ। यसअघि उक्त दर ४ देखि ४.२५ प्रतिशतको बीचमा थियो।
फेडरल ओपन मार्केट कमिटिको बुधबार सम्पन्न बैठकले बहुमतका आधारमा एक चौथाइ प्रतिशतले ब्याजदर घटाउने निर्णय गरेको हो । उपभोक्ता मूल्यवृद्धि अझै ३ प्रतिशत आसपास रहेपनि फेडले आर्थिक प्रवाह सन्तुलनमा राख्न कटौतीलाई आवश्यक ठहर गरेको हो ।
फेडका अध्यक्ष जेरोम एच पावेलका अनुसार अहिलेको ब्याजदर “तटस्थ” अवस्थासम्म आइपुगेको छ। उनले निकट भविष्यमा थप ब्याजदर घटाउने सम्भावना न्यून रहेको बताए ।
ब्याजदर घटेसँगै अमेरिकाको स्टक बजारमा सुधारको संकेत देखिएको छ भने लगानीकर्ताको उत्साह बढ्ने अपेक्षा गरिएको छ। कर्जा, अटो लोन र क्रेडिट कार्डमा ब्याजदर सस्तो हुने भएकाले उपभोग र लगानीमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरूको धारणा छ।
अर्थविद्हरूका अनुसार अमेरिकी ब्याजदरमा आएको यो कटौतीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्नेछ । विशेषगरी सुनचाँदी र पेट्रोलियम पदार्थको मूल्यमा वृद्धिको दबाब देखिन सक्ने अनुमान गरिएको छ, किनभने ब्याजदर घट्दा लगानी प्रवाह वस्तुगत सम्पत्तितर्फ बढ्ने प्रवृत्ति देखिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य