‘ट्रान्सफर्मर बाहिरै राख्ने हो, भित्र सजाएर राख्ने होइन’
जलसरोकार
काठमाडौं : विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ट्रान्सफर्मरको मौज्दात राख्न नसकेको जनाएको छ ।
अलिकति ट्रान्सफर्मर जगेडा नराख्ने हो र चाहिएको बेला टेण्डर गर्ने हो भने २ वर्ष लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउ ।
‘ट्रान्सफर्मर सकिएपछि मात्र टेण्डर गर्ने हो भने टेण्डर गरेर ल्याइपु¥याउन दुई वर्ष लाग्छ,’ घिसिङले आज गरेको पत्रकार सम्मेलनमा भने, ‘ट्रान्सफर्मर फेर्नु प¥यो भने के दुई वर्षपछि फेर्ने ?’
केही जिम्मेवार व्यक्तिबाट आवश्यकताभन्दा बढी ट्रान्सफर्मर मौज्दात राखिएको भन्ने आरोपप्रति कटाक्ष गर्दै घिसिङले कुन सामान कति मौज्दातमा राख्ने भन्ने कुरा प्राधिकरणले आफ्नो नगद प्रवाह र बजेटले तय गर्ने बताए ।
‘हामीले चाहिने जति मौज्दात राख्नै सकेकै छैनौं । किनकि यसको लागत धेरै आउँछ,’ उनले भने ।
हाल ६५० देखि ७०० थान ट्रान्सफर्मर स्टक रहेको पनि उनले जानकारी दिए । तिनको मूल्य करिब २७ करोड रुपैयाँ छ ।
‘हरेक दिन कहिले त १०० वटा ट्रान्सफर्मर चाहिन्छ । जस्तै अस्ति बाढीको बेलामा २ सयवटा ट्रान्सफर्मर बाढीले बगायो,’ उनले भने, ‘त्यस्तो अवस्थामा स्टक ट्रान्सफर्मर चाहिन्छ नै ।’
‘यदि माग भएपछि मात्रै ट्रान्सफर्मर पठाउन थाल्ने हो भने त टेन्डर गर्नुप¥यो । टेन्डर गर्न नै ६ महिना लाग्छ । त्यसपछि २ वर्ष लाग्छ । २ वर्षसम्म के गर्ने ?’ उनले भने, ‘जुन ट्रान्सफर्मरको फोटो देखाइएको छ त्यो बिग्रेको ट्रान्सफर्मर वर्कसपमा राखिएको हो ।’
ट्रान्सफर्मर बाहिरै राख्ने हो र यसलाई भित्र सजाएर राख्ने चीज नभएको पनि उनको भनाइ थियो । थन्क्याएर राख्ने चिज हैन,’ उनको भनाइ थियो, ‘यस्ता विषयलाई जिम्मेवार ठाउँबाट कमेन्ट हुनु राम्रो हुँदैन । यसैलै ठूलो स्टोरहरुमा राखेका हुन्छौं । धेरै खरिद गरेर धरै स्टक राख्न सक्नु त राम्रै कुरा हो ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै