तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
जलसरोकार
काठमाडौं : तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ ।
यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो । आजको वृद्धिपछि २६६० मा कायम भएको छ ।
मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो ।
२१७ कम्पनीको मूल्य बढ्यो भने ३१ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।
बैंकिङ १.०९, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, माइक्रोफाइनानस २.२२, निर्जीवन बीमा १.०५, अन्य ०.४८ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूह ०.६१ प्रतिशत घटे ।
सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य बराबर ९.८७ प्रतिशत बढ्यो । त्यस्तै बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशत बढ्यो ।
युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै २.१३ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, बुटवल पावर, सप्तकोशी विकास बैंक र युनियन हाइड्रोपावर छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?