निर्वाचन अघिको अन्तिम कारोबार दिन सेयर बजार उच्च अंक बढ्यो, परिसूचक ३८.५२ अंकले बढेर २७१२ विन्दुमा पुग्याे
जलसरोकार
काठमाडाै : प्रतिनिधि सभा निर्वाचन अघिको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि निरन्तर उकालो लागेको बजारले मंगलबार पनि सोही लय कायम राख्दै सकारात्मक बन्द भएको हो।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ६.२५ अंक, फ्लोट इन्डेक्स ३.०३ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स २.४१ अंकले वृद्धि भएको छ।
कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३२९ स्टकको ६१ हजार ३२९ पटकको कारोबारमा कुल ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँ बराबरको एक करोड ५१ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन सालपा विकास बैंकको सेयर पुनः सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बैंकको सेयरमूल्य ६४ रुपैयाँ २० पैसा बढेर ७०७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने मोलुङ्ग हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। घट्ने स्टकहरूको गिरावटदर भने ३ प्रतिशतभन्दा कममा सीमित रहेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३४ करोड ६५ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, रिडी हाइड्रोपावरको साढे २७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २४ करोड रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ १३ मध्ये १२ उपसमूहका परिसूचक बढेका छन् भने एक उपसमूहमा सामान्य गिरावट आएको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले उकालो लागेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहका परिसूचक एक प्रतिशतभन्दा बढीले बढेका छन्। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन अघिको अन्तिम कारोबार दिन सेयर बजार उच्च अंक बढ्यो, परिसूचक ३८.५२ अंकले बढेर २७१२ विन्दुमा पुग्याे
-
वीरगञ्ज भन्सार कार्यालय: सात महिनामा आयात १२ प्रतिशतले वृद्धि
-
सुनको मूल्य महंगियो, चाँदी सस्तियो : आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
याम्बालिङ हाइड्रोपावरलाई २८ लाख कित्ता आईपीओ निष्कासन अनुमति
-
रातमाटे सबस्टेशन निर्माणअघि एमसिए नेपालले दियाे क्षमता अभिवृद्धि तालिम
-
माथिल्लो तमोर ए जलविद्युत् आयोजना (६० मेगावाट) क्षमताको निर्माण प्रक्रिया अघि बढ्यो