झिनो अंकले बढ्यो सेयर बजार
जलसरोकार
काठमाडौं: मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से गत साताको सोमबारदेखि घट्ने क्रममा रहेको थियो । नेप्से लगातार पाँच दिन घटेर छैठौं दिन भने सामान्य बढेको हो ।
नेप्से १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि बढेको छ । सोमबार सात अर्ब ६३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार आठ अर्ब ७४ करोडको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ११ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३१८ वटा धितोपत्रको दुई करोड पाँच लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच भएको हो ।
मंगलबार १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ वटाको घटेको छ।
मंगलबार तीन कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स को मूल्य १० प्रतिशत, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
मंगलबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ५५१ रूपैयाँ १० पैसामा झरेको छ।
यस्तै, हिमालयन पावर पार्टनरको मूल्य ५.१८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५५१ रूपैयाँ १७ पैसा कायम भएको छ।
मंगलबार सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६१५ रूपैयाँमा ९२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३९० रूपैयाँमा ६७ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ।
यस्तै, अन्य समूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशतले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य