सोमबार बढ्यो सेयर बजार, सबैभन्दा धेरै हाइड्रोपावर २.६३ प्रतिशत बढ्यो
जलसरोकार
काठमाडौं : सेयर बजारमा हाइड्रोपावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । अन्य समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढ्यो । अघिल्लो दिन सबैभन्दा धेरै १.२२ प्रतिशत बढेको यो सेक्टर आज २.३५ प्रतिशत बढ्यो ।
अघिल्लो दिनको तुलनामा आज सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेको छ ।
उक्त वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको भयो । १९१ कम्पनीको मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो ।
बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४४ प्रतिशत बढे । व्यापार ०.४४, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन ०.२५ प्रतिशत घटे ।
आज चार जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् ।
धेरै मूल्य बढेका टप १० कम्पनीमा ८ वटा हाइड्रोपावर कम्पनी मात्रै परे । ८ हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो । बुटवल पावरको ९.८३, मायाखोला हाइड्रोपावरको ९.७४, रावा इनर्जीको ९.१८ र घलेम्दी हाइड्रोको ९.०१ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको ७.४७, मिथिला लघुवित्तको ५.२३, सप्तकोशी विकास बैंकको ५.११ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी: ३४ अर्बको बिजुली कि ११० अर्बको पानी?
-
तराईमा गर्मीको चेतावनी, पहाडमा सामान्य मौसम
-
अन्योलबीच सामान्य बढ्यो नेप्से, कारोबार रकम घट्यो
-
अधिक तरलता नियन्त्रण गर्न वित्तीय प्रणालीबाट एक खर्ब खिच्दै राष्ट्र बैंक
-
एकै दिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो
-
बूढो गोरुलाई कतिञ्जेल ओगट्न दिइरहने ? साँढेलाई पनि छाड्ने कि ?