जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सोमबार बढ्यो सेयर बजार, सबैभन्दा धेरै हाइड्रोपावर २.६३ प्रतिशत बढ्यो

जलसरोकार
सोमबार, जेठ २६, २०८२ | १६:१९:२७ बजे


काठमाडौं : सेयर बजारमा हाइड्रोपावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । अन्य समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढ्यो । अघिल्लो दिन सबैभन्दा धेरै १.२२ प्रतिशत बढेको यो सेक्टर आज २.३५ प्रतिशत बढ्यो ।

अघिल्लो दिनको तुलनामा आज सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेको छ ।  
उक्त वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको भयो । १९१ कम्पनीको मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो ।

बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४४ प्रतिशत बढे । व्यापार ०.४४, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन ०.२५ प्रतिशत घटे ।

आज चार जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् ।

धेरै मूल्य बढेका टप १० कम्पनीमा ८ वटा हाइड्रोपावर कम्पनी मात्रै परे । ८ हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो ।  बुटवल पावरको ९.८३, मायाखोला हाइड्रोपावरको ९.७४, रावा इनर्जीको ९.१८ र घलेम्दी हाइड्रोको ९.०१ प्रतिशत मूल्य बढ्यो ।

भूगोल इनर्जीको ७.४७, मिथिला लघुवित्तको ५.२३, सप्तकोशी विकास बैंकको ५.११ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : सोमबार, जेठ २६, २०८२ | १६:१९:२७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया