आइतबार सेयर बजार ३०.७५ अंकले बढ्यो, नौ अर्बभन्दा बढीको कारोबार
जलसरोकार
काठमाडौं: सेयर बजारमा (नेप्से) परिसूचक आज ३० दशमलव ७५ अंकले वृद्धि भई २,६३१.१४ बिन्दुमा पुगेको छ । यो १.१८ प्रतिशतको वृद्धि हो ।
आजको कारोबारमा ३१९ कम्पनीका दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९.५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको बजारमा व्यापार समूह १.१० प्रतिशतले घटेको भए पनि अरू सबै समूहको उपसूचकमा सुधार आएको छ ।
सबैभन्दा बढी वृद्धि वित्त समूहमा ५.१७ प्रतिशत र जीवन बीमा समूहमा ४.३५ प्रतिशत भएको छ । त्यसैगरी बैंकिङ ०.२९, विकास बैंक ०.९०, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.१८, लगानी ०.८०, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढेका छन्।
आजको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेड का शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर किनबेच भएको छ । उक्त बैंकका एक करोड ४० लाख छ हजार २१७ कित्ता शेयर खरिदबिक्री हुँदै रु १ अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ बराबरको कारोबार भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन