आइतबार सेयर बजार ३०.७५ अंकले बढ्यो, नौ अर्बभन्दा बढीको कारोबार
जलसरोकार
काठमाडौं: सेयर बजारमा (नेप्से) परिसूचक आज ३० दशमलव ७५ अंकले वृद्धि भई २,६३१.१४ बिन्दुमा पुगेको छ । यो १.१८ प्रतिशतको वृद्धि हो ।
आजको कारोबारमा ३१९ कम्पनीका दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९.५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको बजारमा व्यापार समूह १.१० प्रतिशतले घटेको भए पनि अरू सबै समूहको उपसूचकमा सुधार आएको छ ।
सबैभन्दा बढी वृद्धि वित्त समूहमा ५.१७ प्रतिशत र जीवन बीमा समूहमा ४.३५ प्रतिशत भएको छ । त्यसैगरी बैंकिङ ०.२९, विकास बैंक ०.९०, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.१८, लगानी ०.८०, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढेका छन्।
आजको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेड का शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर किनबेच भएको छ । उक्त बैंकका एक करोड ४० लाख छ हजार २१७ कित्ता शेयर खरिदबिक्री हुँदै रु १ अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ बराबरको कारोबार भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो, मार्चमा परीक्षण उत्पादनको तयारी
-
ठेक्का तोडिएका सडक–पुल योजनामा तत्काल नयाँ टेण्डर प्रक्रिया अघि बढाउन मन्त्री घिसिङको निर्देशन
-
देशभर आंशिक बदली, तराई र उपत्यकामा हुस्सु/कुहिरो
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ