सेयर बजार १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार
जलसरोकार
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०.७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८ मा किनबेच भएका छन् ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सिन्धु विकास बैंक र ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले उकालो लागेको छ ।
साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी छ्याङदी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ४०, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चार दशमलव ३९ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य