बुधबार सेयर बजार ओरालो लाग्दै ३ हजार बिन्दु मुनि
जलसरोकार
काठमाडौं: सेयर बजार बुधबार पुनः ओरालो लाग्दै ३ हजार बिन्दु मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा रहेको नेप्से सूचक आज ४७.९३ अंकले घटेर २९५४ मा सीमित भयो । दिनभर बजारमा गिरावटको लहर कायम रहँदा लगानीकर्ताको मनोबल पनि कमजोर देखिएको छ ।
कारोबार रकमसमेत घट्दै गएको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडमै सीमित भयो । बजारमा २३ कम्पनीको मूल्यमात्र उकालो लाग्दा २२६ कम्पनीको मूल्यमा गिरावट आएको छ ।
सेक्टरगत सूचक हेर्दा ’अन्य’ बाहेकका सबै समूह राताम्मे भएका छन् । अन्य समूह ०.८५ प्रतिशतले उकालो लाग्यो । यसको पछाडि नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्यमा आएको वृद्धिको हात रहेको छ ।
बैंकिङ, बीमा, लघुवित्त, जलविद्युत्, उत्पादन, पर्यटनलगायतका समूहको सूचकमा उल्लेख्य गिरावट देखियो । सबैभन्दा बढी घट्नेमा माइक्रोफाइनान्स र विकास बैंक समूह छन्, जसले ३ प्रतिशतभन्दा बढी गिरावट व्यहोरे ।
यसैबीच, सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्य आज १० प्रतिशतले बढ्दै सर्किट लेभलमा पुगेका छन् । सूचीकृत भएको केही दिनमै ती कम्पनीको मूल्य उच्च दरमा बढिरहेको छ । आज सान्भीको मूल्य ८४५.९० रुपैयाँ र ट्रेड टावरको ९४८.९० रुपैयाँमा पुगेको छ ।
त्यस्तै समता घरेलु लघुवित्त, सिक्लेस हाइड्रो र भूगोल इनर्जीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ ।
अर्कोतर्फ, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशत घटेर सबैभन्दा बढी घाटामा परेको कम्पनी बन्न पुगेको छ । कालिका पावर, सीवाईसी लघुवित्त, नाडेप लघुवित्तलगायतका कम्पनीको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
बुधबारको कारोबारमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, ग्रिन भेन्चर्स र नेपाल पुनर्बीमा कम्पनी अग्रपङ्तिमा रहे । समग्र बजारको रुखो प्रवृत्तिले आगामी दिनको दिशा प्रति लगानीकर्ता अझ सतर्क हुनुपर्ने देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार