सेयर बजार सामान्य अङ्कले बढेर २६७५.६२ विन्दुमा
जलसरोकार
काठमाडौँ: नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । सोमवार २.९७ अङ्कले घटेर २ हजार ६७७ विन्दुमा झरेको थियो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८७ अङ्क बढेको छ । फ्लोट इन्डेक्स ०.१ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अङ्कले बढेको छ ।मंगलबार कारोबारमा आएका ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा ८५ कम्पनीको सेयर बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा बैङ्किङ र विकास बैङ्क उपसमूह सामान्य रूपमा सकारात्मक भएको हो । जसमध्येमा सबै भन्दा धेरै विकास बैङ्क उपसमूहको परिसूचक बढ्दा सबैभन्दा धेरै जीवन बीमाको घटेको छ ।
कारोबार रकममा आधारमा सबैभन्दा धरै युनिभर्सल पावर कम्पनीको ६३ करोड ५८ लाख १९ हजार बराबरको कारोबार भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा