सेयर बजार सामान्य अङ्कले बढेर २६७५.६२ विन्दुमा
जलसरोकार
काठमाडौँ: नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । सोमवार २.९७ अङ्कले घटेर २ हजार ६७७ विन्दुमा झरेको थियो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८७ अङ्क बढेको छ । फ्लोट इन्डेक्स ०.१ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अङ्कले बढेको छ ।मंगलबार कारोबारमा आएका ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा ८५ कम्पनीको सेयर बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा बैङ्किङ र विकास बैङ्क उपसमूह सामान्य रूपमा सकारात्मक भएको हो । जसमध्येमा सबै भन्दा धेरै विकास बैङ्क उपसमूहको परिसूचक बढ्दा सबैभन्दा धेरै जीवन बीमाको घटेको छ ।
कारोबार रकममा आधारमा सबैभन्दा धरै युनिभर्सल पावर कम्पनीको ६३ करोड ५८ लाख १९ हजार बराबरको कारोबार भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य