मंगलबार पनि घट्यो सेयर बजार
जलसरोकार
काठमाडौं : लगातार तीन दीन सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ९.९६ अंक घटेर २६८८ अंकमा कायम भएको छ ।
आज कारोबार सुरु भएको १३ मिनेटमै नेप्से २७०७ अंकसम्म पुगेको थियो । तर माथि टिक्न सकेन ।
बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने एउटाको स्थिर रह्यो ।
अन्य सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो । दुई ठूला कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा समग्र सेक्टर बढ्न मद्दत पुगेको हो ।
त्यस्तै होटल तथा पर्यटन समूह ०.७९ र उत्पादन समूह १.१८ प्रतिशत बढे । यीबाहेक सबै सेक्टर घटे । लगानी सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो ।
बैंकिङ ०.७३, विकास बैंक १.६१, फाइनान्स ०.३५, हाइड्रोपावर ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार १.६५ प्रतिशत घटे ।
दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । मकर जितुमाया सुरी हाइड्रोपावरको ७.४७, ग्रिनलाइफ हाइड्रोपावरको ५.३०, नेपाल पुनर्बीमाको ४.८३ प्रतिशत बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । ङादी ग्रुपको ३.८८ तथा एचआईडीसीएलको ३.७९ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य