लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
जलसरोकार
काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २३.५० अंकले घट्दै २६०७ बिन्दुमा सीमित भएको छ । यससँगै बजार लगातार पाँच कारोबार दिनदेखि गिरावटमा रहेको छ ।
कारोबार सुरु हुँदा बजारले सुधारको संकेत देखाएको थियो । बिहान ११ः०९ बजे नेप्से २६३६ बिन्दुसम्म पुगेको भएपनि त्यसपछि सूचक निरन्तर ओरालो लाग्दै अन्ततः २६०७ मा आएर थामिएको हो ।
आजको कारोबारमा जम्मा ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँले बढेको छ । अघिल्लो दिन ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै समूहगत सूचकहरू घटेका छन् । बैंकिङ ०.६० प्रतिशत, विकास बैंक ०.९३ प्रतिशत, फाइनान्स १.०० प्रतिशत, होटल तथा पर्यटन १.२० प्रतिशत, जलविद्युत् १.२२ प्रतिशत, लगानी ०.८९ प्रतिशत, जीवन बीमा ०.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.९१ प्रतिशत, माइक्रोफाइनान्स १.०४ प्रतिशत, निर्जीवन बीमा ०.९३ प्रतिशत, अन्य ०.१२ प्रतिशत र व्यापार समूह १.२१ प्रतिशतले घटेका छन् ।
आज तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा पुगेको छ । स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीका सेयरमा सकारात्मक सर्किट लागेको हो । १० प्रतिशत वृद्धि भएसँगै यी तीनै कम्पनीको सेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । त्यस्तै, मेन्छियाम हाइड्रोपावरको ५.३७ प्रतिशत र एसियन हाइड्रोपावरको २.६७ प्रतिशतले मूल्य बढेको छ ।
अघिल्लो दिनसम्म लगातार १० प्रतिशतले बढेको सागर डिस्टिलरीको सेयर भने आज घटेको छ । सो कम्पनीको सेयर मूल्य ६.९० प्रतिशतले घटेको हो । त्यस्तै, बुङ्गल हाइड्रोपावर ८.५१ प्रतिशत, माबिलुङ इनर्जी ६.९८ प्रतिशत तथा मिथिला लघुवित्त ५.९० प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कारोबार हुने पाँच कम्पनीमा सागर डिस्टिलरी, ङादी ग्रुप, बन्दीपुर केबलकार, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार