दोहोरो अङ्कले घट्यो सेयर बजार
जलसरोकार
काठमाडौँ: यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा रू १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
विकास बैंक समूह एक दशमलव २७, होटल तथा पर्यटन छ दशमलव ५०, जीवन बिमा शून्य दशमलव ३१, निर्जीवन बिमा शून्य दशमलव शून्य छ र व्यापार समूह शून्य दशमलव २० प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ५१, वित्त तीन दशमलव ७२, जलविद्युत् एक दशमलव २६, लगानी एक दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव शून्य नौ र म्युचुअल फण्ड शून्य दशमलव २८ प्रतिशतको गिरावट देखिएको छ ।
आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव ४५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रू ६६ करोड १० लाख ७० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर खरिद बिक्री भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा