सोमबार सेयर बजार ८.२४ अंकले घट्यो, कारोबार रकम ६ अर्बमा सीमित
जलसरोकार
काठमाडौँ: सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बजार परिसूचक ८.२४ अंकले घटेर २६२२ अंकमा पुगेको हो ।
कारोबारका क्रममा नेप्से ११ः५४ बजे २६५० अंकसम्म पुगे पनि त्यसपछि लगातार दबाबमा रहँदै अन्त्यसम्म झ¥यो । आजको २६५० अंक नै उच्चतम स्तर रह्यो ।
अघिल्लो दिन ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम घटेर ६ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ७२ कम्पनीको मूल्य बढ्दा १७२ कम्पनीको घट्यो र ५ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित स्थिति देखिएको छ ।
बैंकिङ ०.२२, फाइनान्स ०.१२, हाइड्रोपावर १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, माइक्रोफाइनान्स ०.६३ र निर्जीवन बीमा ०.०१ प्रतिशत घटे । त्यसैगरी व्यापार ०.९३, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२५, होटल तथा पर्यटन ०.०१ र विकास बैंक ०.११ प्रतिशत बढे ।
मुक्तिनाथ कृषि कम्पनी र एक्सल डेभलपमेन्ट बैंकका सेयरको मूल्य १० प्रतिशतले बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सिनर्जी पावर र युनियन हाइड्रोपावर रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो, मार्चमा परीक्षण उत्पादनको तयारी
-
ठेक्का तोडिएका सडक–पुल योजनामा तत्काल नयाँ टेण्डर प्रक्रिया अघि बढाउन मन्त्री घिसिङको निर्देशन
-
देशभर आंशिक बदली, तराई र उपत्यकामा हुस्सु/कुहिरो
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ