सोमबार सेयर बजार ८.२४ अंकले घट्यो, कारोबार रकम ६ अर्बमा सीमित
जलसरोकार
काठमाडौँ: सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बजार परिसूचक ८.२४ अंकले घटेर २६२२ अंकमा पुगेको हो ।
कारोबारका क्रममा नेप्से ११ः५४ बजे २६५० अंकसम्म पुगे पनि त्यसपछि लगातार दबाबमा रहँदै अन्त्यसम्म झ¥यो । आजको २६५० अंक नै उच्चतम स्तर रह्यो ।
अघिल्लो दिन ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम घटेर ६ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ७२ कम्पनीको मूल्य बढ्दा १७२ कम्पनीको घट्यो र ५ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित स्थिति देखिएको छ ।
बैंकिङ ०.२२, फाइनान्स ०.१२, हाइड्रोपावर १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, माइक्रोफाइनान्स ०.६३ र निर्जीवन बीमा ०.०१ प्रतिशत घटे । त्यसैगरी व्यापार ०.९३, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२५, होटल तथा पर्यटन ०.०१ र विकास बैंक ०.११ प्रतिशत बढे ।
मुक्तिनाथ कृषि कम्पनी र एक्सल डेभलपमेन्ट बैंकका सेयरको मूल्य १० प्रतिशतले बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सिनर्जी पावर र युनियन हाइड्रोपावर रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य