दशैंपछि खुलेको सेयर बजार पहिलो दिन मै ५८ अंकले घट्यो, सबै समूहका सूचक घटे
जलसरोकार
काठमाडौं : दशैं बिदा सकिएर खुलेको पहिलो दिन नेप्से परिसूचक तीव्र गतिमा ओरालो लागेको छ । मंगलबार नेप्से ५८.५५ अंकले घटेर २६०४ अंकमा पुगेको छ, जुन २.१९ प्रतिशतको गिरावट हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज जम्मा ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १६ कम्पनीको मूल्य बढ्दा २३५ घटेका र एक कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै समूहका सूचकहरूमा गिरावट आएको छ। अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशतले घटेको छ, जसमा नेपाल पुनर्बीमाको मूल्य भारी रुपमा घट्दा समग्र सूचक प्रभावित भएको हो।
बैंकिङ समूह १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार समूह १.१७ प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ भने नेपाल पुनर्बीमा ८.५७ प्रतिशतले, माथिल्लो मैलुङखोला ७.२१ प्रतिशतले र पञ्चकन्या माइ हाइड्रोपावर ६.८७ प्रतिशतले घटेका छन्।
यद्यपि, ऋणपत्रमा भने लगानीकर्ताको चासो देखिएको छ। सेन्चुरी डिबेन्चर १० प्रतिशत, एनआईसी एसिया ऋणपत्र ९.११ प्रतिशत र स्टान्डर्ड चार्टर्ड डिबेन्चर ९ प्रतिशतले बढेका छन्।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने