साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंकले घट्यो, कारोबार रकम खुम्चियो
जलसरोकार
काठमाडौँ : साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.८३ अंकले घटेर २,६२०.९२ बिन्दुमा झरेर बन्द भएको छ। यो ०.४८ प्रतिशतको गिरावट हो ।
आजको कारोबारमा ‘अन्य’ उपसूचक बाहेक सबै उपसूचकहरू घटेका छन् । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशत गुमाएका छन् ।
बिहीबार कुल ३३६ धितोपत्रको ६४ हजार ४०७ कारोबारबाट १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार रकम रु ४ अर्ब ७१ करोड ३९ लाखमा सीमित रह्यो, जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो। बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो ।
आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर प्रतिकित्ता रु १,४८१.१० पुगेको छ । यसका अतिरिक्त एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो लिमिटेड र कालिका पावर कम्पनीका सेयर मूल्य उल्लेख्य रूपमा बढेका छन् ।
यता, ग्लोबल आईएमई समुन्नत योजना–२का लगानीकर्ताले आज सबैभन्दा धेरै १० प्रतिशत घाटा व्यहोरेका छन् । यससँगै बोटलर्स नेपाल, सयपत्री हाइड्रो र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य पनि उल्लेख्य रूपमा घटेका छन् ।
आज एसवाई प्यानल नेपाल लिमिटेड सर्वाधिक कारोबार हुने धितोपत्रका रूपमा रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य