सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंकले घट्यो, कारोबार रकम खुम्चियो

जलसरोकार
बिहीबार, पुस १७, २०८२ | १६:२६:०६ बजे

 

काठमाडौँ : साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.८३ अंकले घटेर २,६२०.९२ बिन्दुमा झरेर बन्द भएको छ। यो ०.४८ प्रतिशतको गिरावट हो ।

आजको कारोबारमा ‘अन्य’ उपसूचक बाहेक सबै उपसूचकहरू घटेका छन् । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशत गुमाएका छन् ।

बिहीबार कुल ३३६ धितोपत्रको ६४ हजार ४०७ कारोबारबाट १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार रकम रु ४ अर्ब ७१ करोड ३९ लाखमा सीमित रह्यो, जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो। बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो ।

आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर प्रतिकित्ता रु १,४८१.१० पुगेको छ । यसका अतिरिक्त एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो लिमिटेड र कालिका पावर कम्पनीका सेयर मूल्य उल्लेख्य रूपमा बढेका छन् ।

यता, ग्लोबल आईएमई समुन्नत योजना–२का लगानीकर्ताले आज सबैभन्दा धेरै १० प्रतिशत घाटा व्यहोरेका छन् । यससँगै बोटलर्स नेपाल, सयपत्री हाइड्रो र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य पनि उल्लेख्य रूपमा घटेका छन् ।

आज एसवाई प्यानल नेपाल लिमिटेड सर्वाधिक कारोबार हुने धितोपत्रका रूपमा रहेको छ ।

प्रकाशित मिति : बिहीबार, पुस १७, २०८२ | १६:२६:०६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया