सेयर बजार १२.५८ अंकले घट्यो, कारोबार रकम भने बढेर ८ अर्ब ६३ करोड पुग्यो
जलसरोकार
काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले बढेको नेप्से मंगलबार भने १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा झरेको हो ।
नेप्से घटेसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन् । यस दिन सेन्सेटिभ इण्डेक्स २.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक ले घटेको छ ।
परिसूचक घटे पनि मंगलबार बजारको कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ८ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन ३२२ स्टक को ९२ हजार ३३८ पटक कारोबारमा १ करोड ८७ लाख ३ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
मंगलबार कालिञ्चोक दर्शन लिमिटेड को शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य ८१ रुपैयाँ बढेर ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
त्यस्तै, एचएलआई लार्ज क्याप फण्ड को इकाई मूल्य करिब १० प्रतिशत ले बढेको छ । मेगाल म्युचुअल फण्ड–१ को इकाई मूल्य साढे ५ प्रतिशतभन्दा बढी र पञ्चकन्या माई हाइड्रोपावर को शेयर मूल्य ५ प्रतिशतभन्दा बढी ले बढेको छ ।
यस दिन कारोबारमा आएका सान्भि इनर्जी र पियोर इनर्जी को शेयर मूल्य भने साढे ४ प्रतिशतभन्दा बढी ले घटेको छ। बजारमा केही स्टकमा वृद्धि देखिए पनि समग्र बजार भने घटेर बन्द भएको हो।
कारोबार रकमका आधारमा मंगलबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। कम्पनीको मंगलबार ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, आँखु खोला जलविद्युत कम्पनी को ४१ करोड रुपैयाँभन्दा बढी को शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावर को कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।
मंगलबार कुल १३ उपसमूह मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।
यस दिन होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.७९ प्रतिशत ले बढेको छ। त्यसैगरी, म्युचुअल फण्ड उपसमूह १ प्रतिशत ले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह पनि सामान्य बढेको छ।
उता, वित्त उपसमूह भने सर्वाधिक १.०९ प्रतिशत ले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बा : त्रिशूली–३ ए जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार